मोरङ कारागारमा एक सातामै दुई थुनुवाको मृत्यु क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

  • वैशाख २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ ।

आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।”

तामाङविरुद्ध ठगीको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो । उनलाई २०८१ साल पुस १६ गते अदालतको आदेशअनुसार मोरङ कारागार चलान गरिएको थियो ।

हाल शव कोशी अस्पतालमै राखिएको छ भने परिवारलाई खबर गरिसकिएको जेल प्रशासनले जनाएको छ ।

यसअघि वैशाख १५ गते मोरङकै उर्लाबारी–१ का ४३ वर्षीय मित्रकुमार दनुवारको मृत्यु भएको थियो । जबरजस्ती करणी मुद्दामा दोषी ठहरिएका दनुवार २५ वर्ष कैद सजाय सुनाइएपछि २०७८ असार ७ मा कारागार चलान भएका थिए ।

बिरामी भएपछि चैत १३ गते अस्पताल भर्ना गरिएका दनुवारको चैत १५ मा उपचारकै क्रममा निधन भएको थियो ।

जेलर ढुंगेलका अनुसार पछिल्लो समय कारागारभित्र मृत्युको दर बढ्दो छ । “राज्यको नियन्त्रणमा रहेका थुनुवाको अकालमा मृत्यु हुनु चिन्ताको विषय हो,” उनले भने ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिँदै आएको छ । ३०० जनाको क्षमताको कारागारमा हाल १,०३८ जना कैदीबन्दी छन् ।

जसमा ९२८ पुरुष, १०७ महिला र ३ जना नाबालक छन् । भीडभाडका कारण कैदीबन्दीलाई खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कारागार प्रशासनको भनाइ छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved