धरानमा १५ किलो गाँजासहित एक युवक मोटरसाइकलसहित पक्राउ

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको हो।

धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागेर रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ का १९ वर्षीय सुजन राईलाई पक्राउ गरिएको छ।

उनीमाथि लागू औषध (गाँजा) ओसारपसारको आशंकामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

 

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved