धरानमा विषादी भेटिएपछि २४ सय केजी फुलकोपी नष्ट

  • वैशाख २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४१२ केजी फुलकोपी नष्ट गरिएको छ।

मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा मकवानपुर स्थित  पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए।

उनका अनुसार यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। “स्वास्थ्यका लागि यस्तो विषादी अत्यन्तै खतरनाक हुन्छ, त्यसैले अबदेखि बिना परीक्षण तरकारी बिक्री गर्न नदिने निर्णय गरेका छौं,” बेघाले भने।

धरान–१३ स्थित कृषि बजारमा गरिएको परीक्षणअनुसार अन्य तरकारीहरूमा पनि विषादी भेटिएको छ। सिधुवा, धनकुटाबाट ल्याइएको फुलकोपीमा ८.३९ प्रतिशत, गाजरमा १०.११ प्रतिशत, खिरामा ३०.७३ प्रतिशत, गोलभेंडामा २५.२१ प्रतिशत, बन्दाकोपीमा २९.६९ प्रतिशत र घिरौलामा ३०.७८ प्रतिशत विषादी अवशेष पाइएको छ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई धरानका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोग योग्य हुन्छन्।

३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर मात्र उपभोग गर्न मिल्ने र ४५ प्रतिशतभन्दा बढी भएमा खाद्यको रूपमा अयोग्य हुने भएकाले नष्ट गर्नुपर्ने हुन्छ।

नष्ट गरिएको विषादीयुक्त फुलकोपी धरान कृषि बजारमा रहेका व्यापारी सन्तोष ढकाल र लाले चौधरीको पसलमा भेटिएको हो। नष्ट गर्ने कार्य उपमहानगरपालिका, वडा कार्यालय, कृषि बजार व्यवस्थापन समिति, प्रशासन शाखा र सुरक्षाकर्मीहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।

धरान उपमहानगरपालिकाले अबदेखि कृषि उपज बजारमा दैनिक विषादी परीक्षण गर्ने र बिना परीक्षण तरकारी बिक्रीमा पूर्ण रोक लगाउने नीति कार्यान्वयनमा ल्याउने जनाएको छ।

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved