स्वास्थ्य

    Showing 581-590 of 2,446 items.
  • गहुँगोरो वर्ण, कालो कपाल... शव फेला तर को हुन् उनी?

    बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 1,354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र झापाबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

    विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 828 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान सहित कोशीमा जमिन भासिने उच्च जोखिम

    सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो । खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खा

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 4,098 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

    धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

    विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 3,568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मादक पदार्थ सेवनपछि खुकुरी प्रहार, एक जना घाइते

    इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार राति मादक पदार्थ सेवनपछि सामान्य विवादले उग्र रूप लिएपछि खुकुरी प्रहार भएको छ। घटनामा परेर एक जना घाइते भएका छन्। रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच मादक पदार्थ सेवनकै क्रममा सामान्य भनाभन भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किएपछि तामाङले खुकुरी प्रहार गरेका थिए। प्रहारबाट अधिकारीको बायाँ हातका दुई औंला र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्‍याइएपछि सामान्य उपचार गरी डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ। अधिकारीको अवस

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 1,602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सिसी क्यामेरामा कैद भयो दुर्घटना

    विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना बिहीबार राति ११ः१५ बजे उर्लाबारी नगरपालिका–३ स्थित पुरानो मङ्गलबारे क्षेत्रमा भएको हो। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। ट्याङ्करमा चिनी मिलबाट लोड गरिएको छुवा रहेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ निवासी ३६ वर्षीय मनकुमार लिम्बूको ब

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 946 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ वर्षीया छात्राले शौचालयमा जन्माइन शिशु

    पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 2,101 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउदी अरबमा अलपत्र परेका नेपाली उद्धार गर्न सांसद बर्तौलाको माग

    काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्। “कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईद

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवतीको बलात्कारपछि हत्या, भारतीय भूपू सैनिक पक्राउ

    काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा युवतीको बलात्कारपछि हत्या गरिएको अभियोगमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति रामचन्द्र पन्त रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। गत चैत ११ गते बागबजारको एक गेस्ट हाउसको कोठामा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनी घटना बेलामा मृतक युवतीसँगै सोही गेस्ट हाउसमा बसेका थिए। पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएपछि अनुसन्धान तीव्र बनाइएको र विभ

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 824 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved