क्यान्सर बिरामीका लागि धरानमै पहिलोपटक ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गर्दै ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु गरेको छ।

यो सेवा अन्तर्गत अब अस्पताल आउन कठिन भएका बिरामीलाई आवश्यक उपचार र हेरचाह स्वास्थ्यकर्मीको टोलीले घरमै गएर दिनेछ। क्यान्सरका कारण थलिएका, पीडित अवस्थामा रहेका बिरामी तथा आफन्तलाई सहजता पुर्‍याउने उद्देश्यले सेवा प्रारम्भ गरिएको हो।

यो सेवा हाल काठमाडौं उपत्यका बाहिरकै पहिलो होम बेस्ड हस्पाइस केयर सेवा भएको बीपीएसएसले जनाएको छ। इच्छुक बिरामी वा आफन्तजनले प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग (अन्कोलोजी युनिट) सँग समन्वय गरी सेवा लिन सक्नेछन्।

प्रतिष्ठानले हाल यो सेवाको शुल्क प्रति भिजिट १५ सय रुपैयाँ तोकेको छ। भने विपन्न बिरामीका हकमा निःशुल्क सेवा प्रदान गरिनेछ। प्रारम्भमा यो सेवा धरान उपमहानगरपालिकाभित्र सीमित रहनेछ।

बीपीएसएस विगतदेखि नै क्यान्सर उपचारमा प्रमुख रेफरल केन्द्रका रूपमा काम गर्दै आएको छ। क्यान्सर बिरामीहरूलाई चिकित्सा मात्र नभई भावनात्मक, आध्यात्मिक तथा उपशामक सहयोग आवश्यक पर्नेसम्बन्धी आवश्यकता बुझेपछि यो नयाँ सेवा ल्याइएको हो।

अब प्रशिक्षित नर्स तथा चिकित्सकको टोलीले बिरामीको घरमै गएर लक्षण व्यवस्थापन, उपशामक हेरचाह, पारिवारिक परामर्शलगायत सेवा उपलब्ध गराउनेछ।

मोबाइल एपमार्फत ओपीडी टिकट र ल्याब रिपोर्ट सेवा सुरु

बीपीएसएसले प्रविधिसम्बन्धी सुधारको क्रममा ओपीडी सेवा समेत थप प्रभावकारी बनाएको छ। अब बिरामी वा सेवाग्राहीले ‘B.P Koirala Institute of Health Science’ मोबाइल एप मार्फत सामान्य ओपीडी टिकट दर्ता र ल्याब रिपोर्ट हेर्न तथा डाउनलोड गर्न सक्नेछन्।

गुगल प्ले स्टोरबाट उक्त एप डाउनलोड गरी घरमै बसेर जेनेरल ओपीडी टिकट दर्ता गरी भुक्तानी गर्न सकिनेछ। भुक्तानी हाल 'IME Pay' र 'Khalti' मार्फत गर्न सकिन्छ। टिकट दर्तापछि प्राप्त हुने टोकन नम्बरका आधारमा अस्पतालको सम्बन्धित ओपीडीमा सहज सेवा पाउन सकिनेछ।

यस सेवाले घण्टौं लाइन बस्नुपर्ने झन्झट हटाउनेछ र सेवाग्राहीको समयको बचत हुनेछ भन्ने विश्वास गरिएको छ।

विद्यार्थीका लागि ‘फिजिकल एन्ड मेंटल हेल्थ वेलबिइङ युनिट’ गठन

साथै, प्रतिष्ठानले विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि ‘फिजिकल एन्ड मेंटल हेल्थ वेलबिइङ युनिट फर स्टुडेन्ट्स’ स्थापना गरेको छ।

मानसिक रोग विभागकी डा. रिंकु कुमारी गौतमको अध्यक्षतामा गठन भएको उक्त इकाइले खेलकुद, योग, ध्यान, साइकल भाडामा दिने, तनाव व्यवस्थापन कक्षा र मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्नेछ।

विद्यार्थीहरूका लागि मेन्टर-प्रिसेप्टर प्रणाली पुनः सुरु गरिएको छ। यसअन्तर्गत विद्यार्थीहरूले आफ्ना शैक्षिक र भावनात्मक समस्या शिक्षकहरूसँग साटासाट गर्न सक्नेछन्।

त्यस्तै, क्यान्सर शिक्षा तथा जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यले क्लिनिकल क्लब र अनुसन्धान क्लबसमेत गठन गरिएको छ। यी कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र मानवीय संवेदनशीलता बढाउने विश्वास गरिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved