टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

  • असार ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा बुधबार दिउँसो टिपरको ठक्करबाट स्कुटरमा सवार एक पुरुषको ज्यान गएको छ ।

पञ्चेश्वर मन्दिरअगाडि भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै गइरहेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो करिब २ः३० बजे ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।

ठक्करबाट स्कुटरको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ निवासी अन्दाजी ४८ वर्षीय सुशील बजगाईं गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा स्कुटर चालक उनका छोरा २० वर्षीय प्रितम बजगाईं भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका–३ निवासी ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved