धरानबाट जङ्गलतर्फ लगिँदै गरेको कारबाट अत्याधुनिक राइफल बरामद

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रमा छाडिएको कारबाट प्रहरीले अत्याधुनिक राइफल बरामद गरेको छ । प्रहरीलाई देखेपछि कारभित्र रहेका व्यक्ति जङ्गलतर्फ फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट जङ्गल हुँदै गइरहेको बा ६ च ८४०३ नम्बरको कालो रङको कारलाई सोमबार राति करिब १ बजे शंका लागेर प्रहरी टोलीले रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि कारभित्र सवार ४–५ जना व्यक्ति भागेका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले घटनास्थलमा कार खानतलासी गर्दा ‘मेड इन इङल्याण्ड’ लेखिएको एक थान अत्याधुनिक राइफल फेला परेको प्रहरीले जनाएको छ ।

भागेका व्यक्तिहरूको खोजीका लागि जङ्गल क्षेत्रमा व्यापक रूपमा सर्च अपरेशन चलाइएको छ । तर हालसम्म उनीहरू फेला नपरेको र खोजी तीव्र पारिएको जिल्ला प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

बरामद गरिएको राइफल र कार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved