प्रेम सम्बन्धको तिक्तताले हिंसात्मक रुप : युवतीले प्रेमीमाथि छुरा प्रहार, आफैँ पनि घाइते

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् ।

छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए ।

घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् ।

अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामान्य घाइते भएकी छन् ।

स्थानीयहरूका भनाइ अनुसार ती युवक र युवतीबीच पहिले देखिनै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय झगडा चर्कँदै गएको थियो ।

हाल प्रहरीले युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ । घटनाको पछाडि के कारण थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved