प्रेम सम्बन्धको तिक्तताले हिंसात्मक रुप : युवतीले प्रेमीमाथि छुरा प्रहार, आफैँ पनि घाइते

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् ।

छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए ।

घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् ।

अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामान्य घाइते भएकी छन् ।

स्थानीयहरूका भनाइ अनुसार ती युवक र युवतीबीच पहिले देखिनै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय झगडा चर्कँदै गएको थियो ।

हाल प्रहरीले युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ । घटनाको पछाडि के कारण थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved