स्वास्थ्य

    Showing 571-580 of 2,446 items.
  • विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

    इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्। झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो। हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। ज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मर्निङवाक जाँदै गरेका व्यक्तिको लडेर मृत्यु, पहिचान खुल्यो

    धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको पहिचान तेह्रथुम म्याङलुङ नगरपालिका–१० घर भई हाल धरान–१५ श्यामचोक पूर्वपट्टी कञ्चनमार्गमा बसोबास गर्दै आएका ४१ वर्षीय भिमसुन्दर लिम्बुका रूपमा खुलेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार मृतकको पहिचान उनकी श्रीमती चन्द्रकुमारी लिम्बुले गरेकी हुन्। स्थानीयका अनुसार भिमसुन्दर आज (शनिबार) विहान मर्निङवाक जाँदै गर्दा धरान–१५ स्थित निराजन बस्तीको उकालोमा लडेका थिए। सोही स्थानमै उनको मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार भिमसुन्दर उच्च रक्तचाप र मधुमेहका ब

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 5,083 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई गर्भवती बनाउने युवक पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ्कर राजवंशीलाई जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई आठ महिनाको गर्भ बोकाउने आरोपमा प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, गत असोज २४ गते बिहान ४ः३० बजेबाट राति ९ बजेसम्म भद्रपुरस्थित एक होटेलमा राजवंशीले किशोरीलाई जबरजस्ती करणी गरेका थिए। करणीका कारण ती किशोरी आठ महिनाको गर्भवती भएकी छन्। युवतीलाई घरमै सिकिस्त अवस्थामा भेटिएपछि स्थानीयवासीको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी उनल

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यात्रुवाहक गाडीमा गाँजा! भेडेटारमा ५१ किलो लागुऔषधसहित महिला समातिइन्

    धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो। तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ। घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 4,328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोभिडका संक्रमित फेरी बढ्न थाल्यो

    काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३६ बङ्गुरको मृत्यु

    सुनसरी/  बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो। बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्। यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महत

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जङ्गलमा निगुरो टिप्न गएका पुरुषको पाँच दिनपछि शव भेटियो

    सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित महिलासँगको प्रेम सम्बन्धकै कारण युवकको हत्या: ६ जना पक्राउ

    सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो। सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ। प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए। गाउँमा बसेको पञ्चायतले

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 1,297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेतृत्वविहीन बीपी प्रतिष्ठान: भागबन्डा मिलाउन नसक्दा प्रतिष्ठानको शैक्षिक भविष्य अन्योलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद र डीएसपीको कार नै ठोक्किएपछि....

    मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved