धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पाएका सुनसरीका एक फरार प्रतिवादी धरानबाट पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बाङ्गे, सुनसरीबाट खटिएको प्रहरी टोलीले अस्थायी प्रहरी चौकी रेल्वे, धरानसँग समन्वय गरी धरान उपमहानगरपालिका–१७ स्थित रेल्वे लाइन आसपास लुकिछिपी बसेका शुक्र बहादुर नेपाली (सार्की) लाई पक्राउ गरेको हो।
बराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय नेपालीलाई उच्च अदालत विराटनगर, मोरङले २०६७ साल वैशाख २० गते जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो।
सो आदेशअनुसार सुनसरी जिल्ला अदालतको लगत नं. ३०७० मा उनको नाम उल्लेख भए पनि उनी लामो समयदेखि फरार थिए।
पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि जिल्ला अदालत, सुनसरी पठाइएको प्रहरीले जनाएको छ।