मोरङ कारागारमा लागुऔषध मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

दर्जीलाई जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी २०८१ पुस ४ गतेदेखि कारागारमा थुनामा थिए ।

मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको र घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जेलर ढुंगेलले बताए । पछिल्लो समय मोरङ कारागारभित्र कैदीबन्दीको मृत्यु हुने घटनामा वृद्धि देखिएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved