मोरङ कारागारमा लागुऔषध मुद्दाका कैदीको उपचारका क्रममा मृत्यु

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल बुढीगंगामा मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा उपचार सम्भव नभएपछि असार ३ गते थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

लामो समयदेखि अस्पतालमा उपचाररत दर्जीको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७ः५० बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

दर्जीलाई जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी २०८१ पुस ४ गतेदेखि कारागारमा थुनामा थिए ।

मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको र घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जेलर ढुंगेलले बताए । पछिल्लो समय मोरङ कारागारभित्र कैदीबन्दीको मृत्यु हुने घटनामा वृद्धि देखिएको छ ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved