धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको छ ।
तीन दिन अघि विहान ३ बजे सँगै सुतिरहेका आमचौक ३ निवासी लगभग ४० वर्षिय भरत राई,श्रीमती देविका र छोरी सुरक्षालाई चटयाङ लागेर गंभीर घाइते वनाएको थियो ।
उनीहरुको हाल धरानको वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिन्ता जनक अवस्थामा उपचार भइरहेको छ । श्रीमान भरतको गंभीर अवस्थामा प्रतिष्ठानको आइसियूमा उपचार भईरहेको छ । श्रीमती देविकाको शरीरको विभिन्न भागहरु जलेर सिकिस्त रहेको आमचौक सरोकार समाजका अध्यक्ष राजेन्द्र कुमार राईले बताए । उनका अनुसार छोरी सुरक्षा भने औषधी उपचार पछि सामान्य अवस्था फर्किएकी छिन् ।
तीन दिन अघि विहान ३ बजे चटयाङ लागेर पुरै परिवार गंभीर भएतापनि दिउँसो ३ बजे मात्रै भरतको बुवाले थाहा पाएर उपचारको लागि धरान ल्याएको हो । आर्थिक अवस्था एकदमै नाजुक रहेकाले थप उपचार गर्न आर्थिक समस्या रहेको आमचौक सरोकार समाजका अध्यक्ष राईले बताए
।समाजले राई परिवारको जीवन बचाउन आर्थिक अभियान शुरु गरेको छ ।यदि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा सम्पक नम्बर ९८४२०४०७८३ मा सम्पर्क गर्न सक्नु हुने छ र समाजले सहयोगको अपील समेत गरेको छ ।