चटयाङले श्रीमान आइसियुमा,श्रीमतीको शरिर जल्यो,छोरी पनि घाइते

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको छ ।
तीन दिन अघि विहान ३ बजे सँगै सुतिरहेका आमचौक ३ निवासी लगभग ४० वर्षिय भरत राई,श्रीमती देविका र छोरी सुरक्षालाई चटयाङ लागेर गंभीर घाइते वनाएको थियो ।

उनीहरुको हाल धरानको वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिन्ता जनक अवस्थामा उपचार भइरहेको छ । श्रीमान भरतको गंभीर अवस्थामा प्रतिष्ठानको आइसियूमा उपचार भईरहेको छ । श्रीमती देविकाको शरीरको विभिन्न भागहरु जलेर सिकिस्त रहेको आमचौक सरोकार समाजका अध्यक्ष राजेन्द्र कुमार राईले बताए । उनका अनुसार छोरी सुरक्षा भने औषधी उपचार पछि सामान्य अवस्था फर्किएकी छिन् ।

तीन दिन अघि विहान ३ बजे चटयाङ लागेर पुरै परिवार गंभीर भएतापनि दिउँसो ३ बजे मात्रै भरतको बुवाले थाहा पाएर उपचारको लागि धरान ल्याएको हो । आर्थिक अवस्था एकदमै नाजुक रहेकाले  थप उपचार गर्न  आर्थिक समस्या रहेको आमचौक सरोकार समाजका अध्यक्ष राईले बताए

।समाजले राई परिवारको जीवन बचाउन आर्थिक अभियान शुरु गरेको छ ।यदि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा सम्पक नम्बर ९८४२०४०७८३ मा सम्पर्क गर्न सक्नु हुने छ र समाजले सहयोगको अपील समेत गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved