प्रधानमन्त्रीलाई दवाव दिन धरानका दल काठमाण्डौ प्रस्थान वीपी प्रतिष्ठान छाता ऐनको विरोधमा  दल

  • असार ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा  लैजाने तयारी गरिहेका बेला धरानका राजनीतिक पार्टीहरु भने त्यसको विरोधमा उत्रिएका छन् ।

यहाँ रहेका पार्टीहरु नेकपा एमाले,नेपाली काँग्रेस,नेकपा माओबादी र जनता समाजबादी पार्टी नेपालले उक्त छाता ऐनको विरोध गर्दै अविलम्ब सरकारले उक्त ऐनबाट हटाउनको लागि नेपाल सरकारका प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहेका केपी शर्मा ओलीलाई दबाव दिने भएका छन् ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य ताजुव लिम्बु, एमालेका कोशी प्रदेश कमिटी सदस्य भीम ज्वालाराई,नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, नेकपा माओबादीका अध्यक्ष उद्धव लिम्बु, धरान एमाले धरानका उप सचिव दिवस राई सहित धरान उपमहानगरपालिका माओबादी केन्द्रका संसदीय दलका नेता मनोज भट्टराईको टोली काठमाण्डौ गएका छन् ।

काँग्रेस सभापति श्याम पोख्रेलका अनुसार टोली विहीबार विहान प्रधानमन्त्रीलाई भेटेर वीपी प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउन माग सहित संयुक्त ज्ञापन पत्र वुझाउने बताए ।

त्यसै गरि स्वास्थ्य मन्त्री र सवै पार्टीका शीर्ष नेताहरुलाई समेत भेटर ज्ञापन पत्र वुझाउने बताइएको छ । मुलुक संघीय संरचनामा गईसकेपछि पनि यसरी केन्द्रिकृत गरिने कार्य धरानवासीको लागि कुनै पनि हालतमा मान्य नहुने भन्दै धरानका दलीय प्रतिनिधीहरु छाता ऐनको विरोधमा उत्रिएका हुन् ।
यसअघि वुधबार विहान नेकपा एमाले धरानले धरानवासीको तर्फबाट वीपी प्रतिष्ठान धरानका रजिष्टार प्रा.डा सुर्य संग्रौला भेटर उक्त ऐन धरानवासीको लागि मान्य नहुने भन्दै ध्यानाकषर्ण सहित ज्ञापन पत्र नेपाल सरकारको प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रदेश सांसद विजय कुमार राई मार्फत  अनुरोध पत्र पठाएको छ ।

एमाले धरानको अगुवाईमा पुर्व संघीय सांसद जय कुमार राई , कोशी प्रदेश सभा सभामुख प्रदीप भण्डारी,कोशी प्रदेश सांसद विजय राई सहितको पार्टी नेताहरुले विपी प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वायत्त विश्व बिद्यालय बनाउन माग सहित अनुरोध पत्र पठाएको हो ।

ज्ञापन पत्र वुझाउँदै पार्टी अध्यक्ष हर्कराज एभेङले भने, भने,“वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो,आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्तराष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित्सक उत्पादन गर्ने तथा सेवा प्रवाह गर्ने अस्पतालको रुपमा चिनिन्छ,वीपी प्रतिष्ठान पुर्वी नेपालको इकोनममिक गन्तव्य समेत रहेकोले सरकारले उक्त छाता ऐन हटाउन माग सम्पुर्ण धरानवासीको तर्फबाट अनुरो गर्दछौ ।

”उक्त अनुरोध पत्र वुझ्दै प्रतिष्ठानका रजिष्टार प्रा.डा.सुर्य संग्रौलाले पनि वीपी प्रतिष्ठानलाई उक्त ऐनमा लैजान नहुने भन्दै प्रतिष्ठानको तर्फबाट पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाए ।

अघिल्लो सरकारले छाता ऐनमा लैजाने भनेर तयारी गर्दा धरानवासीले विरोध समेत गरेका थिए । हालको सरकारले पनि प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरेको र कानुन मन्त्रालयले ऐन तयार पारेर स्वास्थ्य तथा जन संख्या मन्त्रालय पठाई सकेको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved