वीपी प्रतिष्ठानलाई छाता ऐनमा लैजान एमाले धरानको असहमति ,स्वायत्त विश्व विद्यालय बनाउन माग 

  • असार १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वायत्त विश्व विद्यालय बनाउन माग गरिएको छ । 
 
नेकपा एमाले धरान उमहानगरकमिटीले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले देशैभरका प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरहेका बेला उक्त ऐनबाट धरानको वीपी प्रतिष्ठानलाई उक्त ऐनबाट हटाएर स्वायत्त विश्व विद्यालय बनाउनको लागि माग गरेको हो ।
 
पार्टी अध्यक्ष हर्कराज एभेङद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘वीपी प्रतिष्ठान नेपालमा नै प्रमाण पत्र तहको चिकित्सकीय अध्ययन गर्ने पहिलो प्रतिष्ठान हो।आज प्रतिष्ठान देशका लागि मात्र नभएर अन्राष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय चिकित्सक उत्पादन गर्ने तथा सेवा प्रवाह गर्ने अस्पतालको रुपमा चिनिन्छ,वीपी प्रतिष्ठान पुर्वी नेपालको इकोनममिक गन्तव्य हो ।’
 
विज्ञप्तीमा प्रतिष्ठानलाई स्वायत्तता विश्वविद्यालय बनाउन यस अघिका सरकारले समेत प्रतिवद्धता जनाएको अध्यक्ष एभेङद्धारा जारी विज्ञप्तीद्धारा सरकारलाई स्मरण समेत गराएको छ । 
 
अघिल्लो सरकारले छाता ऐनमा लैजाने भनेर तयारी गर्दा धरानवासीले विरोध समेत गरेका थिए । 
हालको सरकारले पनि प्रतिष्ठानलाई छाता ऐनमा लैजाने तयारी गरेको र कानुन मन्त्रालयले ऐन तयार पारेर स्वास्थ्य तथा जन संख्या मन्त्रालय पठाई सकेको छ । 
तर सरकारको यो कार्य पार्टी र धरानवासीको लागि कदामी मान्य नहुने भन्दै एमाले धरानले असहमति  जनाएको छ। 
                                                                        विज्ञप्ती
bigyapti

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved