कारमा ब्राउन सुगर ओसार्ने गिरोह झापामा पक्राउ, निजी गाडीमार्फत काठमाडौंसम्म तस्करी

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै निजी गाडी प्रयोग गरेर झापाबाट काठमाडौंसम्म ब्राउन सुगर ओसार्ने गिरोह सक्रिय बनेको छ। पछिल्लो पाँच दिनभित्र झापाको विभिन्न स्थानबाट दुईवटा निजी कार प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका–७ स्थित आनी होटल रोडबाट पक्राउ परेका चारजनाको साथबाट प्रहरीले २ सय ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित हुन्डाई क्रेटा कार बरामद गरेको हो। पक्राउ पर्नेमा नुवाकोटका साजन तामाङ, सजिन लामा, दीपेश लामा र राम तामाङ रहेका छन्। उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

यसअघि असार ७ गते भद्रपुर–५ को भन्सार गेट अगाडिबाट पक्राउ परेका काठमाडौंका निवेश कुँवर र लमजुङकी नोजिना रानाको साथबाट पनि प्रहरीले ४७ ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

यस्तै, वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–३ बाट दमकका भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलमलाई सय ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। उनीहरूलाई हुन्डाई कार र भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो।

झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार सीमाबाट लागुऔषध ल्याउनेहरू तीर्थयात्री वा घुम्न निस्किएका यात्रु झैं देखिने गरेका छन्। उनीहरूले कारभित्र सावधानीपूर्वक ब्राउन सुगर लुकाएर लैजाने गर्छन्। अनुसन्धानमा देखिएअनुसार सार्वजनिकभन्दा निजी सवारीलाई सुरक्षित ठानी प्रयोग गर्ने गरेका छन्।

प्रहरी तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा १,५५८ ग्राम ब्राउन सुगर बरामद भएकोमा २०८०/८१ मा २,१७४ ग्राम पुगेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म २,००५ ग्राम बरामद भइसकेको छ।

एसपी लिम्बूले सीमावर्ती बजार, होटल र गेस्ट हाउसलाई कारोबारीले अड्डा बनाएको र कारमार्फत काठमाडौं, ललितपुर, पोखरा जस्ता सहरमा पुर्‍याउने गरेको खुलाएका छन्।

लागुऔषध नियन्त्रणमा प्रहरी सक्रिय देखिए पनि सीमाको सहज पहुँच, राजनीतिक संरक्षण र जनचासोको अभावले चुनौती कायमै रहेको सरोकारवालाहरूको भनाइ छ। प्रहरीका अनुसार कारोबारीको सञ्जाल भत्काउन प्रविधियुक्त निगरानी, स्थानीय तहको संलग्नता र जनसहभागिता अत्यावश्यक छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved