धरानका वी पी अस्पतालको आकस्मिक कक्षमा कार्यरत १०० स्वास्थ्यकर्मीहरुलाई तरुण दल सुनसरीबाट के एन ९५ माक्स वितरण गरेको छ । शुक्रबार अस्पतालको आकास्मिक कक्ष अगाडि धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईले आकास्किब कक्षाका प्रमुख प्रमेन्द्र प्रसाद गुप्तालाई हस्तान्तरण गरे । विरामीहरु सँग अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यमकीहरुले सामान्य माक्स लगाएको देखेपछि उच्चकोटीको माक्सको आवश्यकता महसुस गरी आफुहरुले पार्टीको तर्फबाट समन्वय गरी के एन ९५ माक्सको व्यवस्था गरेको नेपाली काँग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए ।यसरी नेपाली काँग्रस पार्टी तथा तरुण दलका साथीहरुले गरेको अति आवश्यक र
धरान । लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत प्रदान गर्न श्री रिडेफ नेपाल र दलित जनअधिकार मंचले खाद्यान्न सामग्री प्रदान गरेको छ । श्री रिडेफ नेपाल र दलित जनअधिकार मंचले संयुक्त रुपमा त्रियुगा नगरपालिकाको वडा नम्बर ३ भुल्केका विपन्न परिवार तथा मजदुरहरुलाई राहत प्रदान गर्न त्रियुगा नगरपालिकालाई १ हजार २० केजी चामल प्रदान गरेको छ । भुल्केका ३४ घर परिवारलाई ३० केजीका दरले चामल वितरण गर्न नगरपालिकालाई प्रदान गरेको छ । रिडेफ र मंचका प्रतिनिधीहरुले नगरपालिका प्रमुख बलदेव चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनको समयको ब्याज मिनाहाको लागि वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरे पनि कार्यान्यवन नगरेको व्यवसायीहरुले गुनासो गरिरहँदा बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गर्ने सक्ने अवश्था नरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले चैत्र मसान्तमा कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । पुनः वैशाख १६ गते चैत्र महिनाको ब्याजदर मा २ प्रतिशत बिन्दुले घटाएर ब्याज असुल गर्न परिपत्र जारी गरेको थियो । धरान स्थित मितेरी डेभलोपमेन्ट बैंकका सिइओ तुलसी प्रसाद वस्तीका अन
धरान । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको घोषणा गरे सँगै विपन्न परिवारलाई राहत वितरणमा सक्रिय रहेको धरान स्थित ह्वाइट हाउसले सोमबार इनरुवाका विभिन्न वडामा रहेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । ह्वाइट हासउद्वारा संचालित निशुल्क माक्स, डिटोल साबुन तथा खाद्यान्न समाग्री वितरण अभियान अन्तर्गत सोमबार इनरुवाका वडा न ४ र १ का १ सय २० घर परिवारलाई राहत वितरण गरेको हो । ह्वाइट हाउसका संचालक तथा अभियन्ता अरुण प्रधानका अनुसार इनरुवाको रेडक्रस वस्तीका ८० घर मुशहर समुदाय र इनरुवा १ शान्तिचोकका अति बिपिन्न मजदुरी गरिखाने ४० परिवार गरि जम्मा १२० परिवारलाई राहत वितरण गरिएको
धरान । आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमबारे संसद र विभिन्न पक्षबीच छलफल चलिरहेको बेला नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले २७ बुँदे सुझाव दिएको छ । बजेटको सिद्धान्त तथा प्राथकिमताबारे छलफल भइरहेको बेला महासंघले कोरोना भाइरस संक्रमण र लकडाउनको कारण पूर्वाधार विकास क्षेत्रमा परेका असरको चित्रणसहित सरकारलाई सुझाव दिएको हो । महासंघले पूर्वाधार, भौतिक तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङमार्फत सरकारलाई सुझावपत्र बुझाएको छ । महासंघका इन्चार्ज मुकुन्द न्यौपाने, सहइन्चार्ज श्रीराम ढकाल, अध्यक्ष लक्ष्मीदास मानन्धर, महासचिव भगीरथ सापकोटा र सचिवालय सदस्य लंकबहादुर केसी लगायतको प्रतिनिधि
धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ । स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं. ४ स्थित सिकरकटेरी, वडा नं. ५ को बगर, मेलाङ्चुङ, वडा नं. ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ । त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजाति
धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ । हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएक
धरान । नेपाल सरकारको उच्च स्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितीले गरेको निर्णयलाई उल्लंघन गर्दै बैंकहरुले चैत्र महिनाको ब्याज तथा साँवा ऋणीको खाताबाट असुल उपर गरेको भन्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको अध्यक्षतामा २०७६ चैत्र १२ गते बसेको उच्चस्त®ीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंकहरुले चैत्र मसान्तसम्म कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । तर बैंकहरुले नियम विपरित ऋणीको खातामा रहेको मौज्दातबाट ऋणीको अनुमति बिना रकम बैंकले स्वतः कट्टा गरिएको
माया घर ईटहरीलाई धरान निवासी सुनिता न्यौपाने सुव्बाले खाद्यान सामग्री प्रदान गरेको छ । कोरोना संक्रमणका कारण लक डाउनको अवस्थामा दाताहरुको अभावमा माया घरमा आश्रितहरुलाइ खाना खाजा खुवाउन समस्या भएको जानकारी भएपनि उक्त खाद्यान्न माया घर ईटहरीकी उपाध्यक्ष राधिका थापा र सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरिएको हो । तरुण दल सुनसरीका कार्यवाहक सभापति सन्तोष वि.क. को समन्वयमा सुनसरी टेक्निकल कलेजका मेनेजिङ्ग डाईरेक्टर श्रीमती सुनिता न्यौपाने सुव्वाले आईतवार माया घर ईटहरीमा नै पुगेर हस्तान्तण गरेको थियो । उनले चामल १० बोरा, तेल २ कार्टन, अण्डा ४ क्रेट, दाल १५ केजी, चिनी १५ केजी, नुन ५ केजी, चिउरा ८ पाके
मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले आफ्नो क्षेत्रमा राहत वितरणलाई पृथक शैलीमा सम्पन्न गरिएको बताउनुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबीच समन्वयात्मक भूमिकाबाट राहत वितरण र व्यवस्थापन गरिएको जानकारी दिँदै अति भोकाएका २४ सय ८७ घरपरिवारलाई राहत उपलब्ध गराएको फेहरिस्त पस्कनुभएको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, टोल सुधार समितिको रोहबरमा वितरित गरिएको सामाग्री स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबाट स्वीकृत भएको छ । पारदर्शी व्यवस्थापनका क्षेत्रमा चुस्त पहिलोपुस्ताका नेता आचार्यले संघीय सांसद, प्रदेश सांसद र स्थानीय सहय