मिक्लाजुङले पृथकशैलीमा बाँड्यो राहत

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले आफ्नो क्षेत्रमा राहत वितरणलाई पृथक शैलीमा सम्पन्न गरिएको बताउनुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबीच समन्वयात्मक भूमिकाबाट राहत वितरण र व्यवस्थापन गरिएको जानकारी दिँदै अति भोकाएका २४ सय ८७ घरपरिवारलाई राहत उपलब्ध गराएको फेहरिस्त पस्कनुभएको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, टोल सुधार समितिको रोहबरमा वितरित गरिएको सामाग्री स्थानीय जनप्रतिनिधि र सर्वपक्षीय समितिबाट स्वीकृत भएको छ । पारदर्शी व्यवस्थापनका क्षेत्रमा चुस्त पहिलोपुस्ताका नेता आचार्यले संघीय सांसद, प्रदेश सांसद र स्थानीय सहयोगीहरूले भोका मानिसको भोक मेटाउन गरेको सहयोगको उल्लेख्य चर्चा गर्नुभयो ।
उहाँका अनुसार स्थानीय सरकारले बनाएको राहतकोषमा १५ लाख ६४ हजार ८ सय ८० मध्ये राहत किनमेलमा ९ लाख २४ हजार ८ सय ८० खर्च भएको जनाउनुभएको छ । यसमा १६ हजार २ सय ७० किलो चामल, १६ सय ६६ किलो दाल, ८ सय २३ केजी तेल बाँडिएको छ । लक डाउनका कारण अलपत्र ताप्लेजुङ, नेपालगञ्ज, काठमाण्डौं, कालीकोट, जाजरकोट, खेटाङ, कास्कीलगायतका देशका अधिकांश जिल्लामा रहेका आफ्ना वा त्यहाँका नागरिकलाई समन्वय गरेर लाने र ल्याउने समेत काम गरेको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved