बजेटबारे नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको २७ बुँदे सुझाव

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमबारे संसद र विभिन्न पक्षबीच छलफल चलिरहेको बेला नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले २७ बुँदे सुझाव दिएको छ ।

बजेटको सिद्धान्त तथा प्राथकिमताबारे छलफल भइरहेको बेला महासंघले कोरोना भाइरस संक्रमण र लकडाउनको कारण पूर्वाधार विकास क्षेत्रमा परेका असरको चित्रणसहित सरकारलाई सुझाव दिएको हो ।

महासंघले पूर्वाधार, भौतिक तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङमार्फत सरकारलाई सुझावपत्र बुझाएको छ । महासंघका इन्चार्ज मुकुन्द न्यौपाने, सहइन्चार्ज श्रीराम ढकाल, अध्यक्ष लक्ष्मीदास मानन्धर, महासचिव भगीरथ सापकोटा र सचिवालय सदस्य लंकबहादुर केसी लगायतको प्रतिनिधि मण्डलले मन्त्री नेम्वाङलाई बजेटबारे सुझावपत्र बुझाएको हो ।

महासंघले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण र लकडाउनको कारण निर्माण क्षेत्रमा गम्भीर असर परेको जनाएको छ । निर्माण व्यवसायीले विभिन्न बैठक तथा वित्तीय संस्थाबाट लिएको ऋणको लकडाउन अवधिभरको ब्याज मिनाह गर्न पनि महासंघले माग गरेको छ ।
महासंघले विकास निर्माण क्षेत्रका व्यवसायीले विभिन्न बैंक तथा वित्तीय क्षेत्रबाट लिइएको ऋण ओभर डाफ्ट, हायर पचेज, ट्रमलोन, हिमाण्ड लोन, कन्ट्याकलोनको व्याज कम गर्न माग गरेको छ ।

सुझावपत्रमा विभिन्न निर्माण योजना रहेका दक्ष तथा अदक्ष कर्मचारी, कामदारको दुर्घटना बाहेकको स्वास्थ्य सम्बन्धी बीमा र व्यवस्थापन सरकारले गर्नुपर्ने उल्लेख छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved