धनकुटामा ५ सय रोपनी भन्दा बढी क्षेत्रफल मकैबालिमा फौजिकिराको प्रकोप

  • वैशाख २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषकले लगाएको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको छ ।

स्थानीय कृषकहरुको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । सो नगरपालिकाको वडा नं. ४ स्थित सिकरकटेरी, वडा नं. ५ को बगर, मेलाङ्चुङ, वडा नं. ६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा अमेरिकन फैजीकीराको संक्रमण बढी फैलिएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजातिका किराले महालक्ष्मी नगर क्षेत्रको सयौं रोपनी मकैंबाली नष्ट गरेका छन् । संक्रमण तीव्र रुपमा बढ्न थालेपछि महालक्ष्मी नगरपालिकाले नियन्त्रणका लागि निःशुल्क रुपमा कृषकहरुलाई किटनाशक विषादी वितरण गर्न शुरु गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।
‘मकैबालीमा संक्रमण फैलन थालेको थाहा पाउने बित्तिकै हामीले गाउँ–गाउँमा कृषि प्राबिधिक पठाएर किरा नियन्त्रणको प्रयास गरिएको छ । फौजीकीराले मकैबाली नष्ट गर्न थालेको कृषकहरुबाट गुनासो आएपछि नगरपालिकाको समन्वयमा बाली संरक्षण प्रयोगशाला विराटनगर र कृषि ज्ञान केन्द्र धनकुटाको कृषि प्राविधिक सहितको टोली गाउँमा गएर मकैबालीको निरीक्षण गरी फौजीकीराको संक्रमण यकिन गरिएको थियो ।

सोही टोलीको सिफारिसमा किटनाशक विषादी वितरण गर्न थालिएको हो । नगरपालिकाका प्रमुख नेपाल सहित कृषि प्राविधिक गाउँ–गाउँमा गएर विषादी वितरण गरी फौजीकीरा नियन्त्रणको प्रयासमा जुटेको नगर प्रमुख नेपालले बताए । तर पनि फौजीकीराले एक दिनमै ठूलो क्षेत्रफलको बाली नष्ट गर्ने र छिट्टै फैलने भएकाले सयौं रोपनी क्षेत्रफलमा यसको संक्रमण फैलिएको छ ।
किटनाशक बिषादी छर्किएपछि फौजीकीरा केही नियन्त्रण भएको महालक्ष्मी नगरपालिका–६ का कृषक सुरेन्द्र बस्नेतले बताए ।

औषधी छर्किएपछि आधा जति मकैबाली बाँच्यो । अरु किराले खाएर नष्ट ग¥यो–कृषक बस्नेतले भने । संक्रमण सुरु हुने बित्तिकै फौजीकीराले ५० प्रतिशत बाली नष्ट गर्ने गरेको महालक्ष्मी नगरपालिकाका कृषि प्राबिधिक शेखर चापागाईँ बताए । ‘फौजीकीराको क्षति पु¥याउने र फैलिने दर धेरै हुन्छ । बेलैमा किटनाशक बिषादी छर्कदा ५० प्रतिशत जति बाली बचाउन सकिन्छ । नभए सबै बाली सखाप पार्छ–कृषि प्राविधिक चापागाँईको भनाई छ । फौजीकीराले मकैको पात, धानचमरा लगायत बोटका अधिकांस भाग खाएर केही दिनमै बाली नष्ट गर्ने गर्छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved