समाज

    Showing 81-90 of 6,962 items.
  • धरानमा दुई जना ब्राउन सुगर सहित पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–१९ स्थित हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान–१० का १७ वर्षीय इमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुको साथबाट ब्राउन सुगर ०.६६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लुकेर बसेका झुम्का कारागारका फरार कैदी पक्राउ

    धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान धरान–७ स्थित डेराबाट भारतको भागलपुर, बिहान थाना हबिपुर घर भएका ३२ वर्षीय मो. सहजादालाई पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत इनरुवाको फैसलाअनुसार सहजादालाई लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेका थिए। तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। खो

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपन्न इन्द्रमायाका लागि नेकपाले बनाइदियो तीनकोठे घर

    भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । (आज) साेमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपाका काेशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लुकाएको ग्यास सिलिन्डर भेटिएपछि पसलेलाई ५० हजार जरिवाना

    सुनसरी/ नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो। ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,ु सहायक प्रजिअ गुरूङले भने। उनका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार जरिवाना गरिएको हो । अनुगमन टोलीले किर

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका कैदी धरानमा पक्राउ

    धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१–CL–१३५६ अन्तर्गत लागूऔषध मुद्दामा थुनामा रहेका थिए। गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। फरार कैदीको खोजतलासका क्रममा प्रहरीले उनलाई २०८३ साउन २३ गते राति ११ः५० ब

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 958 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी टापुमा कोशी कटानको त्रास : संघिय सरकार गुहार्दै स्थानिय सरकार

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टप्पु स्थित चिलैया तर्फ सप्तकोशी नदिले तिब्र रुपमा कटान गर्दा टप्पुका स्थानियहरु त्रषित बनेका छन् । सप्तकोशी नदिले बराहक्षेत्र नगरपालिका बडा नं ६ र ९ चिलैया टप्पु क्षेत्र लगायताका ठाँउबाट बस्तितर्फको भु-भाग दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको छ । कोशी नदीको पानिको बहाब घट्ने , बढ्ने कारण पानीको छालले बलौटे माटो खोत्लने कार्य तिब्र हुने गरेको स्थानीय अर्जुन चन्द्रवशीले बताए ।  सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि साउन ५ गतेबाटै बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगर

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 151 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बजेटमा किचलो : ५ करोडदेखि नगरसभा अन्योलसम्म

    धरान/ धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विवादमा परेको छ। आर्थिक विकास समितिमा विनियोजित ५ करोड रुपैयाँको ब्रेकडाउन गर्ने विषयबाट सुरु भएको विवाद अहिले नगरसभा सञ्चालनमै असर पर्ने अवस्थामा पुगेको छ। सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्याइएको ५ करोड रुपैयाँको बजेट सञ्चालन गर्ने विषयमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूबीच मतभेद बढेको हो। विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेका छन्। धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार उपमहानगरपालिकाले हालसम्म सहकारीसम्बन्धी ऐन, नियम तथा कार्यविधि बनाएको छैन। यस्तो अवस्थामा

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कारमा ४१८ किलो गाँजा, मोटरसाइकलसहित चार जना पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। शनिबार (आज)बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा आउँदै गरेका एउटा कार र मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा प्र १–०२–००२ च ४८५१ नम्बरको कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजास

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माङसेबुङका ११ विद्यालयमा मातृभाषा अनिवार्य, लिम्बू र वान्तवा भाषामा पढाइ

    इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले मातृभाषा संरक्षण र पुस्तान्तरणलाई प्राथमिकता दिँदै गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ। राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा र लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीन विद्यालयमा लिम्बू भाषा अनिवार्य विषयका रूपमा पठनपाठन सुरु गरिएको हो। गाउँपालिकाका अनुसार माङसेबुङ–२ को सरस्वती आधारभूत विद्यालय, वडा नं. ४ को जनता आधारभूत विद्यालय र वडा नं. ६ को सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषाको पाठ्यपुस्तक लागू गरिएको छ। यसअघि वडा नं.

    • प्रकाशित मितिः साउन २३, २०८३
    • 124 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरोज न्यौपाने मृत्यु प्रकरण: सौतेनी आमासहित बुबा र दुई काकाविरुद्ध मुद्दा

    इटहरी/  इटहरी–९ का १६ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै आज पनि विभिन्न कलेजका विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएका छन्। यसैबीच प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकाविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। विद्यार्थीहरूले सरोजको मृत्यु रहस्यमय रहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावमुक्त ढंगले गर्न सम्बन्धित

    • प्रकाशित मितिः साउन २१, २०८३
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved