विपन्न इन्द्रमायाका लागि नेकपाले बनाइदियो तीनकोठे घर

  • साउन २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । (आज) साेमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपाका काेशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

झापामा पार्टीले निर्माण गरेको घरले राज्यलाई घचघच्याउँदै विपन्न नागरिकको आवासको अधिकारप्रति ध्यानाकर्षण गराउने काम गरेको उहाँको भनाइ छ । नागरिकका आधारभूत अधिकार तथा आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्नेमा उहाँले जोडसमेत दिनुभयो । घर निर्माण अभियानले मुलुकलाई समाजवादउन्मुख बनाउन दबाब सिर्जना गर्ने उल्लेख गर्दै आङ्बोले अभियानमा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले घर निर्माण कार्यले सांकेतिक रूपमा भए पनि झापाबाट समाजवादी अभियानलाई थप विस्तार गर्ने काम गरेको बताउनुभयो । मानिसले बाँच्न पाउने अधिकारसँगै सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा रहेको सन्देश यस अभियानले दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दातालाई सम्मानसमेत गरिएको छ । विभिन्न दाताबाट संकलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीनकोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिनुभयो ।

नेकपाले झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियान अघि बढाएको उहाँले बताउनुभयो । दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको उहाँले बताउनुभयो ।

जिल्ला कमिटीबाट निर्णय गराएर घर निर्माण अभियानलाई थप व्यवस्थित गर्दै लगिने उहाँले जानकारी दिनुभयो । पार्टीभन्दा बाहिरबाट सहयोग संकलन नगर्ने नीतिअनुसार पार्टी सदस्यबाटै रकम संकलन गरी घर निर्माण अभियानलाई निरन्तरता दिइने दुलाल बताउनुहुन्छ ।

घर निर्माणका लागि बासुदेव दुलाल, तारा दुलाल, ईश्वरी दाहाल, पदम लिम्बू, ओमसाई पाथिभरा हस्पिटलको फार्मेसी, डा। मुरलीप्रसाद साह, श्रीप्रसाद मिश्र, सानुकुमार लामा, चन्द्रा श्रेष्ठ, बीपी भट्टराई, जोया सुब्बा, राम पोखरेल, परशुराम शंकर, कृष्ण कौशल, नाजिर हुसेन लगायतले नगद तथा जिन्सी सहयोग गर्नुभएको छ ।

घर निर्माण संयोजक बासु दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता पदम लिम्बूले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सहसंयोजक बीपी भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, डिल्लीराम घिमिरे ‘हिक्मत’, पार्टीका जिल्ला संयोजक खड्क तिम्सिना ‘पवन’ लगायतका नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

धरानमा लुकेर बसेका झ ...

धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारब ...

लुकाएको ग्यास सिलिन ...

सुनसरी/ नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको ...

जेनजी आन्दोलनका क्रम ...

धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरा ...

कोशी टापुमा कोशी कटा ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved