सरोज न्यौपाने मृत्यु प्रकरण: सौतेनी आमासहित बुबा र दुई काकाविरुद्ध मुद्दा

  • साउन २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt तस्बिर मृतक सरोज न्यौपाने रसौतेनी आमासहित बुबा

इटहरी/  इटहरी–९ का १६ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ।

घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै आज पनि विभिन्न कलेजका विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

यसैबीच प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकाविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

विद्यार्थीहरूले सरोजको मृत्यु रहस्यमय रहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रभावमुक्त ढंगले गर्न सम्बन्धित निकायलाई दबाब दिएका छन्।

गत साउन १९ गते दिउँसो इटहरी–९ भद्रटोलस्थित डेरामा बस्दै आएका बुद्धिसागर न्यौपानेका १६ वर्षीय छोरा सरोज आफ्नै कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि साउन २० गते सरोजलाई आत्महत्याका लागि दुरुत्साहन दिएको आरोपमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान अघि बढाएको छ।

यस प्रकरणमा सरोजका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काका अशोक न्यौपाने र नमराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन दिन नहुने कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

यसअघि सरोजका साथीहरूले उनी लामो समयदेखि पारिवारिक मानसिक तथा शारीरिक यातना भोग्दै आएको आरोप लगाएका थिए। यद्यपि, ती आरोपबारे प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।

यसैबीच, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रहरीले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

धरानबाट लागूऔषध ६२६ ...

धरान/ सुनसरीको धरान–१६ स्थित पौडेल चोकमा लाग ...

सुनसरीको कारागारबाट ...

धरान/  सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव् ...

इटहरीमा १७ वर्षीय सर ...

इटहरी/ इटहरी–९ का १७ वर्षीय सरोज न्यौपाने मृ ...

सुनकोशी घटनामा याताय ...

  काठमाडौं/ सिन्धुली जिल्लाको फिकलमा बसको ठक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved