धरानमा दुई जना ब्राउन सुगर सहित पक्राउ

  • साउन २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–१९ स्थित हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा धरान–१० का १७ वर्षीय इमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुको साथबाट ब्राउन सुगर ०.६६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बलात्कार आरोपमा फरार ...

झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको ...

खैरो हेरोइनसहित २९ व ...

दमक/ झापाको दमकमा लागूऔषध खैरो हेरोइन सहित एक युवक ...

धरानमा लुकेर बसेका झ ...

धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारब ...

विपन्न इन्द्रमायाका ...

भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved