लुकाएको ग्यास सिलिन्डर भेटिएपछि पसलेलाई ५० हजार जरिवाना

  • साउन २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।

ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,ु सहायक प्रजिअ गुरूङले भने।

उनका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई ५० हजार जरिवाना गरिएको हो । अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको थियो।

बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भएको गुनासो आउन थालेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयतादेखि बजार अनुगमन हुँदै आएको छ।

केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ।

-रासस

 

धरानमा लुकेर बसेका झ ...

धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारब ...

विपन्न इन्द्रमायाका ...

भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले ...

जेनजी आन्दोलनका क्रम ...

धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरा ...

कोशी टापुमा कोशी कटा ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved