झापा/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एसियन हाइवे स्तरोन्नतिको काम अपेक्षाकृत प्रगति गर्न नसक्दा योजनाभन्दा बढी ‘सास्ती बाँड्ने योजना’ जस्तो बनेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकको दुई वर्षमा जम्मा ३० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन। १२० किलोमिटर लामो यस सडक खण्डमध्ये हालसम्म ९५.७६ किलोमिटर क्षेत्रमा मात्र काम सुरु गरिएको छ। एसियाली विकास बैंकको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानीमा निर्माण भइरहेको यो योजना अलपत्र अवस्थामा पुग्दा स्थानीयवासी दिनहुँ धुलो, हिलो, जाम र दुर्घटनाको जो
सुनसरी/ डिपो स्कुलको आयोजनामा तथा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा विभिन्न जिल्लाका १८ विद्यालय टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्धघाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेत प्रभात स्कुल विच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोगि सुनसरी बास्केटवल संघको मातहतमा आयोजक कमिटि र सहभागि टिमको प्रतिनिधिहरुको उपस्थितिमा मंगलवार तयार गरिएको थियो । १९ गते सम्म संपन्न हुने प्रतियोगितामा आयोजक टिम सहित इस्ट होराइजन वोर्
झापा/ “१७ वर्षदेखि छोरालाई काँधमा बोक्दै आइरहेको छु। आज नगरपालिका मार्फत सीपी ह्वीलचेयर पाएपछि पहिलो पटक सास फेरेजस्तो लाग्यो,” भावुक हुँदै भने मेचीनगर–१ निवासी भूमिका गुरागाई। उनको १७ वर्षीय छोरा राहुल गुरागाई जन्मजातै अपांग छन्। न हातखुट्टा चल्छ, न बोल्न सक्छन्, न हिँड्न। सधैं ओछ्यानमै हुन्छन् — ओछ्यानमै दिशापिसाब गर्छन्। कतै लैजानु परे काँधमा बोक्नु पर्ने बाध्यता थियो। तर अब उनलाई सँगै लैजान सकिने भएपछि भूमिकाको परिवारमा खुसी छाएको छ। २०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण झापाको मेचीनगर नगरपालिकाले सोमबार करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश स
धरान/ आउँदो दशैँको फूलपातीदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “बलिदान” को प्रचारप्रसार धमाकेदार रुपमा सुरु गरिएको छ। यसैक्रममा सोमबार एक कार्यक्रमको आयोजना गरी धरान–८ स्थित फ्रेण्ड्स सिनेमाज को भवनमा चलचित्रको २२ फिट चौडा र ६० फिट अग्लो पोस्टर ब्यानर टाँसिएको छ। फिल्म बलिदान को यो पोस्टर ब्यानर हालसम्म धरानमा सार्वजनिक भएको सवैभन्दा ठूलो फिल्म प्रचार सामग्री मध्ये पर्न गएको छ। निर्माण पक्षले यस प्रचारशैलीलाई चलचित्रप्रति दर्शकको उत्साह बढाउने उद्देश्यले गरिएको बताएको छ। पोस्टरमा मुख्य अभिनेता&n
धरान/ धरान खेलकुद मञ्चले आयोजना गर्न लागेको 'धरान अवार्ड २०८२' अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक र नवप्रतिभा (राइजिङ स्टार) पुरस्कारका लागि मनोनयनमा परेका नामहरू सार्वजनिक गरिएको छ। मंगलबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै मञ्चले उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, राइजिङ स्टार तथा अन्य विशेष पुरस्कारको लागि मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो। छनौट समितिमा मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दिपेश शाक्य र सदस्य सचिव विक्रम लिम्बु रहेका छन्। मनोनयनमा परेका नामहरू: उत्कृष्ट पुरुष खेलाडी: साहिल राई
धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल दुई वर्षअघि नै सकिनुपर्ने भए पनि अझै अपूरो अवस्थामा छ। झण्डै १६ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि प्रदेश सरकारले रु १,२१,५८,१३२.४४ (एक करोड एकाइस लाख अठ्ठावन्न हजार एकसय बत्तीस रुपैयाँ चौवालीस पैसा) को सम्झौता गरी २०७७ सालमा ठेक्का दिएको थियो। पुल २०८० सालभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर हालसम्म निर्माण पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण भएको वडाध्यक्ष मान कुमार लिम्बूले जानकारी दिनुभयो। ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्
सुनसरी/ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । वैदिक सनातन परम्पराअनुसार आज देशभर नागपञ्चमी पर्व श्रद्धाका साथ मनाइँदैछ। घरका मूल ढोकामा नागको तस्बिर टाँसी गाईको दूध, दुबो, अक्षता, खीर, रोटी अर्पण गरी नाग देवताको पूजा हुँदैछ। सर्प, नाग र बिच्छीजस्ता जीवबाट सुरक्षा, चट्याङ, मेघ र अग्निको भयबाट मुक्तिका लागि गरिने यो पूजाले प्रकृतिप्रतिको सम्मान र सहअस्तित्वको सन्देश दिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपञ्चमीको परम्परा वैदिक युगदेखि चलिआएको हो। भगवान् शिवले नागको म
धरान/ धरान–१२ स्थित पब्लिक हाईस्कुलमा सञ्चालित एक साताको उद्घोषण कला तालिम सोमबार सम्पन्न भएको छ। पब्लिक मञ्चको आयोजनामा भएको तालिमले बर्खे बिदाको सदुपयोग गर्दै विद्यार्थीको आत्मविश्वास, वाककला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याएको छ। कार्यक्रमकी प्रमुख अतिथि, ८८ वर्षीया समाजसेवी सरला कायस्थले विद्यार्थीलाई मिहिनेत र अनुशासनको बाटो समात्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दै शुभकामना दिइन्। शिक्षक–अभिभावक संघ अध्यक्ष राजेन्द्र किरातिले अध्ययनसँगै सामाजिक र अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन विद्यार्थीलाई आग्रह गरे। विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले
रसुवा/ धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। प्रहरीका अनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए भने साउन ११ गते गोसाइँकुण्ड पुगेका थिए। कुण्डमा स्नान गर्ने क्रममा एक्कासि डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्दा आज बिहान दुवै जनाको शव फेला परेको हो। डुबेको देखेपछि तीर्थयात्रीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराए पनि तत्काल उद्धार सम्भव नभएको बताइएको छ। त्यसपछि नेपाल प्रहरी, सशस्त
झापा/ झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा करिब चार करोड ३८ लाख रुपैयाँको लागतमा ३५० मिटर लामो र पाँच फिट चौडा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सहरी विकास मन्त्रालयको लगानीमा बनेको उक्त पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ। पुल निर्माणसँगै बर्षौंदेखि बर्खायाममा आवतजावतका लागि ५ किलोमिटरभन्दा बढी दूरी पार गर्न बाध्य स्थानीयले सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन्। अघिल्लो वर्षसम्म त्यहाँ कुनै पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग वा भद्रपुरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणका लागि २०७९ अस