सुनसरी/ डिपो स्कुलको आयोजनामा तथा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको विशेष सहयोगमा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा विभिन्न जिल्लाका १८ विद्यालय टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्धघाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेत प्रभात स्कुल विच हुने भएको छ । प्रतियोगिताको खेल तालिका प्रतियोगिताको प्राविधिक सहयोगि सुनसरी बास्केटवल संघको मातहतमा आयोजक कमिटि र सहभागि टिमको प्रतिनिधिहरुको उपस्थितिमा मंगलवार तयार गरिएको थियो ।
१९ गते सम्म संपन्न हुने प्रतियोगितामा आयोजक टिम सहित इस्ट होराइजन वोर्डिङ्ग स्कुल झापा, ग्रीनफिल्ड वल्र्ड स्कुल झापा, लिटल प्mलावर स्कुल झापा, हिमशिखर स्कुल तरहरा, पुर्वाञ्चल वोर्डिङ्ग स्कुल तरहरा, प्यारडाइस वोर्डिङ्ग स्कुल तरहरा, माउण्ट हर्मन स्कुल, काम्रेल स्कुल, व्राइट प्mयुचर स्कुल मोरङ, समिटि स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्लि पव्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कुल, सियोन स्कुल र धरान मेघा हिमालयन स्कुलले सहभागिता जनाएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजक डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी गराए ।
डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मरन गर्दै उनको सम्मानमा विगत चार वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको प्रतियोगिता संयोजक डिपो स्कुलका व्यवस्थापन समिति सदस्य खड्कसमशेर लिम्वुले जानकारी गराए । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ ।
।सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा हुनेछ ।