धरान/ धरान खेलकुद मञ्चले आयोजना गर्न लागेको 'धरान अवार्ड २०८२' अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक र नवप्रतिभा (राइजिङ स्टार) पुरस्कारका लागि मनोनयनमा परेका नामहरू सार्वजनिक गरिएको छ।
मंगलबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै मञ्चले उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, राइजिङ स्टार तथा अन्य विशेष पुरस्कारको लागि मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो।
छनौट समितिमा मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दिपेश शाक्य र सदस्य सचिव विक्रम लिम्बु रहेका छन्।
मनोनयनमा परेका नामहरू:
उत्कृष्ट पुरुष खेलाडी:
साहिल राई (सितेरियो कराते) निगम राई (सितेरियो कराते) अवतार श्रेष्ठ (शारीरिक सुगठन)
उत्कृष्ट महिला खेलाडी: वर्षा राई (सितेरियो कराते) सलिना जोगी (सितेरियो कराते)
राइजिङ स्टार (१५ वर्षमुनिका बालखेलाडी):
सुलेखा ठाकुर (टेबल टेनिस) गौतम तामाङ (टेबल टेनिस) श्रेया सुवेदी (टेबल टेनिस)
उत्कृष्ट प्रशिक्षक:
किरण लामा (कराते) गीता थापा (टेबल टेनिस) श्याम तामाङ (साइकलिङ)
छनौट समितिका संयोजक श्रेष्ठका अनुसार मनोनयनको मापदण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको हुनुका साथै धरान प्रतिनिधित्व गरेको खेलाडी वा प्रशिक्षक हुनु अनिवार्य थियो।
पुरस्कार राशि: उत्कृष्ट पुरुष र महिला खेलाडी: जनही रु. ३०,००० उत्कृष्ट प्रशिक्षक: रु. २०,००० राइजिङ स्टार: रु. १५,००० मोष्ट भ्यालुएबल प्लेयर: रु. १५,००० उत्कृष्ट खेल पत्रकार: रु. १५,००० त्यसैगरी, पारा ओलम्पिक खेलाडी विवेक राईलाई पनि विशेष सम्मानस्वरूप रु. १०,००० सहितको पुरस्कार प्रदान गरिनेछ।
उक्त सम्मान धरानकै स्व. बिक्रम राई (पूर्व राष्ट्रिय फुटबल खेलाडी) को स्मृतिमा प्रदान गरिने मञ्चले जनाएको छ। उक्त अवार्ड कार्यक्रम साउन १७ गते होटल धरान किचनमै आयोजना गरिनेछ।