झापाको मेचीनगरमा १७ वर्षदेखि बोक्दै आएको अपांग छोरालाई ह्वीलचेयर पाएपछि भूमिकाको आँखा रसाए २०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

  • साउन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ “१७ वर्षदेखि छोरालाई काँधमा बोक्दै आइरहेको छु। आज नगरपालिका मार्फत सीपी ह्वीलचेयर पाएपछि पहिलो पटक सास फेरेजस्तो लाग्यो,” भावुक हुँदै भने मेचीनगर–१ निवासी भूमिका गुरागाई।

उनको १७ वर्षीय छोरा राहुल गुरागाई जन्मजातै अपांग छन्। न हातखुट्टा चल्छ, न बोल्न सक्छन्, न हिँड्न। सधैं ओछ्यानमै हुन्छन् — ओछ्यानमै दिशापिसाब गर्छन्। कतै लैजानु परे काँधमा बोक्नु पर्ने बाध्यता थियो। तर अब उनलाई सँगै लैजान सकिने भएपछि भूमिकाको परिवारमा खुसी छाएको छ।

२०५ जना अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

झापाको मेचीनगर नगरपालिकाले सोमबार करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहकार्यमा २०५ जना अपांगता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्री वितरण गरेको छ।

करुणा फाउण्डेशनका मेचीनगर संयोजक पदम बराइलीका अनुसार २० लाख ४२ हजार रुपैयाँ बराबरका सामग्रीहरू वितरण गरिएको हो। सामग्रीहरूमा समावेश थिए:

  • २८ वटा एक्जुलरी क्रचेज (बैशाखी)
  • ५० वटा वाकिङ स्टिक
  • २० वटा वाकिङ फ्रेम
  • १८ वटा ह्वीलचेयर
  • ४ वटा सीपी ह्वीलचेयर (एकको मूल्य १ लाख ५ हजार)
  • १५ वटा टोइलेट चेयर
  • २५ वटा वाइट केन
  • २५ वटा हियरिङ एड
  • १० वटा एयर म्याट्रेस
  • एलएस बेल्ट, एल स्टिक, ट्रिपड स्टिक लगायतका सामग्री

कार्यक्रममा नगरप्रमुखबाट वितरणको उद्घाटन

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले राहुल गुरागाईलाई सीपी ह्वीलचेयर हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरे।

नगरप्रमुख बुढाथोकीले अपांगता भएका व्यक्तिहरूका लागि सहायक सामग्रीले जीवन सहज र आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल लगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण खरेलले गरेकी थिइन् भने अध्यक्षता उपप्रमुख पोखरेल उप्रेतिले गरेकी थिइन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved