नागपञ्चमी आज , घर-घरमा नागको पूजा गरिँदै

  • साउन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।

 वैदिक सनातन परम्पराअनुसार आज देशभर नागपञ्चमी पर्व श्रद्धाका साथ मनाइँदैछ।

घरका मूल ढोकामा नागको तस्बिर टाँसी गाईको दूध, दुबो, अक्षता, खीर, रोटी अर्पण गरी नाग देवताको पूजा हुँदैछ। सर्प, नाग र बिच्छीजस्ता जीवबाट सुरक्षा, चट्याङ, मेघ र अग्निको भयबाट मुक्तिका लागि गरिने यो पूजाले प्रकृतिप्रतिको सम्मान र सहअस्तित्वको सन्देश दिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपञ्चमीको परम्परा वैदिक युगदेखि चलिआएको हो। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णुले शेषनागको शय्यामा शयन गर्ने परम्परासँगै आजको दिन नागलाई पूजा गर्ने गरिएको हो।

बराहपुराणमा आजकै दिन नागराजसँग ब्रह्माको संवाद भएको उल्लेख छ। पौराणिक ग्रन्थहरूमा कृष्णले बाल्यकालमै कालीनागको दमन गरेको, बलराम र लक्ष्मण शेषनागको अवतार भएको र बुद्धको शिरमा सर्पमुकुट रहेको विश्वास पाइन्छ।

किसान र नागिनीबीचको प्रसिद्ध किंवदन्ती पनि यस पर्वसँग जोडिएको छ। नागका बच्चा मारेपछि किसानको परिवार मारिए पनि बाँच्न सफल छोरीले नागिनीलाई पूजाआजा गरी सन्तुष्ट बनाएपछि सारा परिवार जिवित भएको कथन आजको दिनसँग जोडिएको छ। यही दिनबाट नागको पूजा गरी घरमा टाँस्ने परम्परा चलेको मानिन्छ।

नागका आठ कूल — अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोट र शङ्ख — को आज विशेष पूजा गरिन्छ। काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशभरका नागदह, कुण्ड र तीर्थस्थलमा विशेष पूजाआजा र प्रसाद अर्पण हुँदैछ।

वैज्ञानिक दृष्टिकोणबाट पनि नागले वातावरणमा रहेका विषालु तत्वको नियन्त्रणमा भूमिका खेलेको पुष्टि भएपछि ऋषिमुनिले यसको पूजा सुरु गरेको जनविश्वास रहिआएको छ। नागपञ्चमीसँगै सनातनी हिन्दु धर्मावलम्बीका चाडपर्वहरूको शृंखला औपचारिक रूपमा आरम्भ भएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved