इटहरी/ इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सम्पुर्ण सामुदायिक विद्यालयले साथ दिएको छन । इटहरीका ३६ विद्यालय ब्यबस्थापन समिति र अभिभावक संघहरुले ३० बुदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन । आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्रथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका हुन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प
धरान/ जलवायु परिवर्तनले मानवीय जनजीवनमा ठुलो असर पुर्याएको अवस्थामा कोशी प्रदेशका सांसद रमेश कुमार वस्नेतले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेशसभा वैठकमा सांसद वस्नेतले ध्यानाकर्षण गराएका हुन् । मगलबार सुन्य समयमा बोल्दै सांसद वस्नेतले अझै पनि सवै जना सजग र सचेत नबने भवाभह अवस्था सृजना हुँदै त्यसको निराकरणको लागि प्रदेश सरकारको गंभीर ध्यानाकर्षण गराउँदै सरकारले गुरु योजना वनाएर ठोस कार्यान्वय गर्नु पर्ने आवस्यकता भएको बताए । जलवायू परिर्वतनले वर्षेनी ठुलो धनजनको क्षतिको चपेटामा पर्नु परिरहेको दुखद अवस्थामा अव सरकार गंभीर नवनेको खण्डमा झनै समस्या विकराल बनेर जाने भएकोले तत्काल गुरु यो
धरान/ नेकपा एमालेको आठौ जिल्ला अधिवेशनद्धारा निर्वाचित भएका सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । प्याँक्रियाजको जटिल समस्याबाट लामो समयदेखि ग्रसित खनाललाई उपचारको लागि भारत लैजाने क्रममा निधन भएको जनाइएको छ । उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन भएको पुष्टि एमाले नेता मुरारी सुवेदीले फेसबुकमार्फत गरेका छन् । खनाल यही जेठ पहिलो साता इटहरीमा सम्पन्न एमालेको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निवार्चित भएका हुन् । खनाल सपथ ग्रहण पश्चात कार्यवाहक दिएर उपचारको लागि भारत तर्फ प्रस्थान गरेका थिए । उनको
धरान/ आर्थिक अवस्था कमजोर हुनेहरुका लागि स्वास्थ्य उपचार गर्न अत्यन्तै कठिन हुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालमा पुगेका विरामीले समेत राम्रोसँग उपचार गराउन पाइरहेका हुदैनन् । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघ धरानले आर्थिक कमजोर भएका विरामीहरुलाई लक्षित गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञानलाई औषधि प्रदान गरेको छ । पछिल्लो समय अत्याधिक गर्मीका कारण झाडा, पखाला, दम, खोकी लगायतका विरामी प्रतिष्ठानमा बढेका छन् । त्यससँगै दीर्घ रोगीको संख्या समेत बढ्दै गएको छ । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघले गरिब तथा असहाय विरामीलाई लक्षित गरी प्रतिष्ठानलाई विभि
संखुवासभा/ राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने सङ्खुवासभा मकालु–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले सुरुङ ‘ब्रेक थु्र गर्नु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले यस आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पु¥याइने बताए । उने भने,‘‘आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत स
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ५ सुन्दर वस्तीका सुकुम्वासीहरु घरबासको माग गर्दै जिल्ला अदालत पुगेका छन् । बहुसांस्कृतिक पार्क बनाउने भन्दै उनीहरूलाई घरबास विहीन बनाउन लागेको भन्दै उनीहरु न्यायका लागि अदालत पुगेका हुन् । धरान उपमहानगरपालिकाबाटै बिजुली, पानीको सबै सुविधा उपलब्ध गराएर २०६४ साल देखि बसोबास गर्दै आएको धरान–५ सुन्दर बस्तीका सुकुम्वासीहरू आन्दोलन गर्दै आएका छन् । सुन्दर बस्तीमा ४५ घरधुरी सुकुम्वासी परिवारको बसोबास छ । उनीहरूलाई विकल्प नदिई उठाइँदा उनीहरू घरबास विहीन हुने भन्दै आन्दोलित छन् । सुन्दरबस्तीमा बसोबास गर्दै आएका माथि आइपर्ने सङ्कटलाई रोकथाम गर्न धरान&n
धरान/ नेकपा एमालेले जातका आधारमा कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा पार्टी कार्वाही गर्ने भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य मन्जु भण्डारीले जातीय विभेद र छुवाछुत विरुद्धको नेतृत्व एमालेले गरेको भन्दै पार्टीमा पनि कोही कसैले छुवाछुत र विभेद गरेको खण्डमा कार्वाही गरिने वताइन् । उनले भनिन्,“यदि एमाले पार्टीका नेता तथा कार्यकर्ता जो कोहीले छुवाछुत र विभेद गरेको पाइएमा पार्टीले त्यस्तालाई स्वतः कार्वाही गरिनेछ,पार्टीमा उजुरी गर्नुहोस्,साधारण सदस्यबाट समेत निस्काशन गरिनेछ।” नेकपा एमालेले उत्पीडनको विरुद्धमा भएकाले सदैब छुवाछुत विरुद्ध आवाज उठाइरहने पार्टी भएको वताएकी छिन्
वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले आगमि आर्थिक वर्ष २०८१/०८२ बार्षिक योजना , नीति तथा कार्यक्रमको बिषयमा छलफल सुरु गरेको छ । नगर प्रमुख रमेश कार्कीले उप- प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वालको समेत सहभागितामा सर्वदलिय , सर्वपक्षिय छलफल सुरु गरेका हुन् । नगरपालिकाका सुचना अधिकारी गौरी रायका अनुसार आर्थिक बर्ष २०८१/०८२ को प्रथामिकता , योजना , नीति तथा कार्यक्रमको बिषयमा नगर प्रमुख रमेश कार्कीले छलफल सुरु गरेका छन् । छलफल अन्तर्गत सोमवार कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालक तथा अगुवा कृषकहरुसंग कृषिको बिषयमा छलफल गरिएको थियो । त्यस्तै सोमवारनै
धरान/ नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा पर्ने पटनालीमा नेता–कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम भएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले केही नेतामा भएका विकृति, विसंगति, खराब आचारण, झुट बोल्ने तथा चुनाव र महाधिवेशनमा मात्र गाउं आउने प्रवृतिका कारण वितृष्णा पैदा भएको तथा पार्टीमा अनुशासनहीन, दण्डहीन, आन्तरिक गुटवन्दी र अनुचित गठबन्धन जस्ता पार्टी हीत विपरितका कार्यहरु भएको तथा पार्टी नेतृत्वले पटनालीलाई वेवास्ता गरेक
धरान/ कोशी प्रदेशमा लिम्बु(याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्यवन गर्न माग गरिएको छ। याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले शुक्रबार लिम्वु( याक्थुङ )भाषालाई कोशी प्रदेशमा कामकाजी भाषाको रुपमा कार्यान्यन गर्नको लागि माग गरेको हो । कोशी प्रदेश प्रमुख,मुख्यमन्त्री र मन्त्रालयको सवै मन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण गराउँदै नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरि लिम्वू( याक्थुङ) भाषालाई व्यवहारिक रुपमा कार्यान्यन गराउन माग गर्दै ध्यानाकर्षण पत्र वुझाएको याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहका मोहन तिगेलाले वताए । उनले भने,“प्रदेशका प्रमुख, मुख्यमन्त्री र सबै मन