धरानका सुकुम्वासीहरू न्याय माग्दै अदालतमा

  • जेठ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ५ सुन्दर वस्तीका सुकुम्वासीहरु घरबासको माग गर्दै जिल्ला अदालत पुगेका छन् ।

बहुसांस्कृतिक पार्क बनाउने भन्दै उनीहरूलाई घरबास विहीन बनाउन लागेको भन्दै उनीहरु न्यायका लागि अदालत पुगेका हुन् ।

धरान उपमहानगरपालिकाबाटै बिजुली, पानीको सबै सुविधा उपलब्ध गराएर २०६४ साल देखि बसोबास गर्दै आएको धरान–५ सुन्दर बस्तीका सुकुम्वासीहरू आन्दोलन गर्दै आएका छन् ।

सुन्दर बस्तीमा ४५ घरधुरी सुकुम्वासी परिवारको बसोबास छ ।

उनीहरूलाई विकल्प नदिई उठाइँदा उनीहरू घरबास विहीन हुने भन्दै आन्दोलित छन् ।

सुन्दरबस्तीमा बसोबास गर्दै आएका माथि आइपर्ने सङ्कटलाई रोकथाम गर्न धरान–५ का भर्तहाङ चेमजोङले निषेधाज्ञा समेतको माग गर्दै दायर गरेको रिटको सुनवाइ गर्दे सुनसरी जिल्ला अदालतका न्यायाधीश नरेन्द्र कुमार काल खेतीको इजलासले धरान उपमहानगरपालिका, टिएलओ, इलाका प्रशासन, इलाका प्रहरीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

जेठ १७ गते दिएको आदेशमा भनिएको छ ’निवेदकलाई कानुन बमोजिम बाहेक नपक्रनु, नथुन्नु भनी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ बमोजिम विपक्षीहरूलाई अन्तरिम आदेश दिएको आदेशको पालन यथाशीघ्र मार्फत विपक्षीलाई दिनु भनी २०८१ जेठ १७ गते आदेश दिइएको छ ।’

आदेशमा मुद्दाको सुनवाइका लागि इजालशले विपक्षीहरूलाई १५ दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।

आदेशमा भनिएको छ ’निवेदनको माग बमोजिम आदेश हुनु नपर्ने आधार, कारण र प्रमाण सहित विपक्षी धरान उपमहानगरपालिकाको कार्यालय धरान, नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) र टिएलो धरान–५ को हकमा आफै तथा कानुन बमोजिमको आफ्नो प्रतिनिधि तथा विपक्षी इलाका प्रहरी कार्यालय धरान,

जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रशासन धरानको हकमा जिल्ला सरकारी वकिल मार्फत सबुद प्रमाण पेस सहित लिखित जवाफ पेस गरी अदालतमा हाजिर हुनु ।’

निवेदक चेमजेङको तर्फबाट अधिवक्ता पदम प्रसाद लिम्बुले बहसपछि न्यायाधीश काला खेतीको इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।

निवेदक चेमजोङले जेठ १६ गते दिएको निवेदनमा धरान–५ स्थितको सुन्दर बस्तीमा २०६४ साल देखि बसोबास गर्दै आएको स्थानमा धरान पार्क निर्माण गर्ने भन्दै आज भोली नै घर टहरा भत्काउनु नत्र पक्राउ गरेर थुन्छौ भन्दै विभिन्न धम्कीपूर्ण भाषा प्रयोग गर्दै बल प्रयोग गर्नलाई नगर प्रहरी समेत परिचालित गरेकोले निषेधाज्ञाको माग गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved