इटहरीमा शिक्षा सुधारका लागि ३० बुदे साझा संकल्प

  • जेठ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरीको शिक्षा सुधार गर्ने मेयर हेमकर्ण पौडेलको अभियानमा इटहरीका सम्पुर्ण सामुदायिक विद्यालयले साथ दिएको छन ।

इटहरीका ३६ विद्यालय ब्यबस्थापन समिति र अभिभावक संघहरुले ३० बुदे साझा संकल्प पत्र सार्वजनिक गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउने, अग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्रथामिकता दिने, अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका हुन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प पत्रमा भनिएको छ ।

शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ ।शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउदै लैजाने भनिएको छ ।

शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो। समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो।

हरेक देश कस्तो हुने र कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीले निर्धारण गर्छ। मानव समुदायलाई आधुनिकता सँगसँगै मानविकी उन्नति र प्रगति तर्फ बढ्न शिक्षाले उत्प्रेरणा दिए भन्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा सुधार अभियान तिब्र रुपमा अगाडी बढाएका छन ।

सामुदायिक स्कुलरुमा नेपालकै पहिलो पोषण युक्त नमुना खाजा कार्यक्रम इटहरीबाटै सुरु भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved