धरान/ जलवायु परिवर्तनले मानवीय जनजीवनमा ठुलो असर पुर्याएको अवस्थामा कोशी प्रदेशका सांसद रमेश कुमार वस्नेतले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदेशसभा वैठकमा सांसद वस्नेतले ध्यानाकर्षण गराएका हुन् । मगलबार सुन्य समयमा बोल्दै सांसद वस्नेतले अझै पनि सवै जना सजग र सचेत नबने भवाभह अवस्था सृजना हुँदै त्यसको निराकरणको लागि प्रदेश सरकारको गंभीर ध्यानाकर्षण गराउँदै सरकारले गुरु योजना वनाएर ठोस कार्यान्वय गर्नु पर्ने आवस्यकता भएको बताए ।
जलवायू परिर्वतनले वर्षेनी ठुलो धनजनको क्षतिको चपेटामा पर्नु परिरहेको दुखद अवस्थामा अव सरकार गंभीर नवनेको खण्डमा झनै समस्या विकराल बनेर जाने भएकोले तत्काल गुरु योजना वनाउन सांसद वस्नेतले माग गरे ।
उनले भने,‘ती दुःखहरु,पीडाहरुको चपेटाबाट हामी मुतm हुनु पर्छ,वर्षेनी मनाइने जलवायू परिवर्तन र सरसफाई दिवसलाई कर्मकाण्डीको दिवस मनाएर अर्थ नहुने र ठोस नीति बनाएर त्यो नीतिलाई कार्यान्वयन गर्न जोडदार माग गर्दछु।’त्यसैगरि जेठ २३ गतेदेखि देश व्यापी रुपमा मुलुक भर राष्ट्रिय सरसफाई दिवस जेठ २९ गते सम्म मनाईदैछ ।
पछिल्लो समय विश्व वातावरण दिवस तथा सप्ताहका कार्यक्रमहरु कर्मकाण्डी मात्रै भएको भन्दै जलबायु परिवर्तनबाट भएका असरहरुलाई न्युनिकरण गर्नेगरी ठोस कार्ययोजना ल्याउनुपर्ने सांसद बस्नेतको भनाइ रहेको थियो । उनले राष्ट्रलाई खुल्ला दिशामुक्त घोषणा गरेपछि सरसफाइको काम समेत ओझेलमा परेको बताए ।