धरान/ आर्थिक अवस्था कमजोर हुनेहरुका लागि स्वास्थ्य उपचार गर्न अत्यन्तै कठिन हुन्छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालमा पुगेका विरामीले समेत राम्रोसँग उपचार गराउन पाइरहेका हुदैनन् ।
यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघ धरानले आर्थिक कमजोर भएका विरामीहरुलाई लक्षित गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञानलाई औषधि प्रदान गरेको छ ।
पछिल्लो समय अत्याधिक गर्मीका कारण झाडा, पखाला, दम, खोकी लगायतका विरामी प्रतिष्ठानमा बढेका छन् । त्यससँगै दीर्घ रोगीको संख्या समेत बढ्दै गएको छ ।
यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघले गरिब तथा असहाय विरामीलाई लक्षित गरी प्रतिष्ठानलाई विभिन्न प्रकारका औषधि वितरण गर्न प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादलाई प्रतिष्ठानमै पुगेर विभिन्न प्रकारका औषधि हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानमा आएका आर्थिक अभाव, अशक्त भएकाहरुलाई लक्षित गरी यस्ता वर्गको पहिचान गरी औषधि वितरण गर्न आग्रहसहित अस्पताल निर्देशकलाई औषधि प्रदान गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
अहिले बीपी प्रतिष्ठानमा नेपालका विभिन्न भाग तथा भारतबाट समेत अत्यधिक गमीका कारण विरामी भएर उपचार गराउन आउने गरेका छन् ।
गर्मीकै कारण अहिले प्रतिष्ठानमा दैनिक ३ हजार भन्दा बढी प्रतिष्ठानमा उपचारका लागि आउने गरेका छन् ।
यो संख्या मध्ये गरिब तथा असहायको संख्या पनि धेरै हुने गरेको छ ।
उपचारबाट कोही पनि बञ्चित हुन नपाओस् भन्ने अभिप्रायले सुनसरी उद्योग वाणिज्य संघले प्रदान गरेको औषधि लक्षित वर्गलाई निःशुल्क प्रदान गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले बताए ।
निजी क्षेत्र र प्रतिष्ठान मिलेर नै यस्ता वर्गको उपचार गराउदा सबैले उपचार पाउने अस्पताल निर्देशक डा. जगत नारायण प्रसादको भनाई छ ।
यही समयमा डेंगु संक्रमण बढ्ने भएकोले पूर्व नियन्त्रणका लागि संघले डगु किट, जीवन जल, पारा सिटामोट, विभिन्न प्रकार सिरिन्ज लगायतका ४ लाख भन्दा बढीको सामाग्री अस्पतालाई वितरण गरेको थियो ।
नीजि क्षेत्रबाट यस्ता किसिमको सहयोग उपलब्ध गराउँदा अस्पतालाई समेत सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।
गरिब तथा अशक्त बर्गलाई सबै मिलेर सहयोग गर्नुपर्ने आवश्कता महसुस भएको अस्पताल प्रशासनले जनाएको छ ।
फोटो पनि छ है