धरान/ नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा पर्ने पटनालीमा नेता–कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम भएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले केही नेतामा भएका विकृति, विसंगति, खराब आचारण, झुट बोल्ने तथा चुनाव र महाधिवेशनमा मात्र गाउं आउने प्रवृतिका कारण वितृष्णा पैदा भएको तथा पार्टीमा अनुशासनहीन, दण्डहीन, आन्तरिक गुटवन्दी र अनुचित गठबन्धन जस्ता पार्टी हीत विपरितका कार्यहरु भएको तथा पार्टी नेतृत्वले पटनालीलाई वेवास्ता गरेकाले कार्यकर्ताको मनोवल घटेको गुनासाहरु व्यक्त गरेका थिए ।
उनीहरुले क्षेत्र, प्रदेश र नगरका नेताहरु घर आंगनमा आएर आप्mना आक्रोस, गुनासा, जिज्ञासा, सुझाव, आशा र अपेक्षाहरु सुन्ने, बुभ्mने र जान्ने काम गरेको भन्दै खुशी व्यक्त समेत गरेका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले आफुहरुले कसैलाई विभेद नगरेको भन्दै धरान वाहिरका क्षेत्र नं. १ मा पर्ने पटनाली, चतरा, भरौल, बक्लौरी सबै स्थानका नेताहरुलाई राजनीतिक अवसर प्रदान गरी पार्टीको सबै तहमा सम्मानजनक प्रतिनिधित्व गराएको बताउंदै राजनीतिक एवम् सामाजिक क्षेत्रमा नेतृत्व विकास गराउन र अझ प्रभावकारी रुपमा समेटेर लैजान स्थानीय नेताद्धय लक्ष्मीराम कार्की र तारा खत्रीलाई आगमी बैठकवाट क्षेत्रीय समितिमा मनोनित गर्ने प्रतिवद्धता जनाएका थिए ।
महासमिति सदस्य तथा प्रदेश सांसद मा.ममता तामाङले योजना छनौट र बजेट निर्माणको कार्य भईरहेको हुंदा स्थानीय आवश्यकताका योजनाहरु समयमै सम्बन्धित निकायमा पेश गर्न आग्रह गर्दै त्यसका लागि आफु निन्तर लागी पर्ने बताएकी थिइन ।
प्रदेशसभा १९२० का सभापति तथा १६ नं.वडा अध्यक्ष मुरारी भट्टराईले जनताको सुखदुखमा, सेवामा र विकास निर्माणमा लागे मात्र संगठन मजवुद हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा भएको छल फल, अन्तरक्रिया र संवाद पश्चात इतिहासदेखि नेपाली कांग्रेसले नै देश र जनतालाई न्याय दिंदै आएको र वर्तमान तथा भविष्यमा समेत नेपाली कांग्रेसले नै देशहीत र जनहीतका काम गर्न सक्ने भन्दै विगतमा भएका आ–आप्mना कमी कम्जोरीहरुलाई सुधार गर्दै अघि बढ्ने संकल्प समेत गरिएको छ ।
कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश सांसद मा. ममता तामाङ, प्रदेशसभा १९२० सभापति मुरारी भट्टराई, केन्द्रीय आदिवासी जनजाति विभाग सदस्य एवम् प्रदेश प्रमुख आनन्द सन्तोषी राई, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, १७ नं. वडा सभापति सुरज कार्की लगायतले विचार राखेका थिए ।
त्यसैगरी स्थानीय लक्ष्मीराम कार्की, तारा खत्री, भलबहादुर दाहाल, गोपाल बस्नेत, बसन्त खत्री, बालकुमार निरौला, रेविना दाहाल लगायतले विभिन्न विचार र जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा क्षेत्रीय सदस्य कमला श्रेष्ठ, प्रदेशसभा १९१० कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नगर कोषाध्यक्ष पञ्चकला राई, नगर सदस्य नर्वदा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।