धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् । शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।&rdqu
विद्यार्थी राजनितिबाटै राजनितिक जीवन शुरु गरेका विजय राईको नाम वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा सिफारिस भएका छन् । धरान उपमहानगरपालिकाले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गर्दा विजय राई पनि छन् । २०२७ सालमा जन्मिएका राईले व्यवस्थापन संकायबाट एमबीए र राजनितिशास्त्रमा एम ए र १ वर्षे बिएड गरेका छन् । २०४१ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मोरङको बाहुनीमा रहेको जनता मा.वि बाट अनेरास्ववियु प्रारम्भिक कमिटि बाट सुरु गरेका थिए । अहिले उनि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इञ्चार्ज हुन् । अघिल्लो उपनिर्वाचनमा पनि
धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय गरे पछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिकै बाबजुद मोेरङमा तालमेल नगरी एकलै निर्वाचन लड्ने मोरङ कांग्रेसले निर्णय गरिसकेको छ । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा समेत कांग्रेस तालमेलको विरुद्धमा रहेको छ । कांग्रेसका इटहरी उपमहानगरपालिकाका नगर सभापति हेमकर्ण पौड्यालले पत्रकार सम्मेलन नै गरेर तालमेल नगर्ने बताएका थिए । उनले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जान सक्ने र निर्वाचन जित्ने बताउदै साना दलहरुसंग तालमेल नभई सहकार्य गर्न भने सकिने बताएका थिए । नेपाली कांग्रेस निर्
धरान । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको आरोप लगाए । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए । सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । उनले भने, ’हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।’ ओलीले व
सरकारले स्थानीय तह निर्वाचनको मिति वेैसाख ३० गते तोकेर राजनीतिक पाटीको उमेद्धवार दर्ताको मिति पनि तोकिसकेको छ ।वेैशाख १३ गते राजनीतिक पाटीले आ–आफ्नो दलको तर्फबाट उम्मेद्धवार निर्वाचन आयोगको जिल्ला कार्यालयमा दर्ता गराउँदैछन् । हरेक स्थानीय तहमा चुनावको माहौल पनि वढ्न थालेको छ । धरान उपमहानगरमा पनि अव चुनाव मार्फत आफ्नो दलको तर्फबाट उम्मेद्धवार वनाउनको लागि दौड तथा सहित चुनावमा उम्मेद्धवार आँकाक्षीहरुको दौडधूप पनि शरु हुन थालेको छ । आँकाक्षी उम्मेद्धवारको नाम पनि चर्चा हुन थालेका छन् । यसै वीच नेपाली काँग्रेस धरानको नगर सभापति श्यामपोख्रेलसँग कोशीपत्र देनिकले आगाी हुने स्थानीय चुनावको पेर
धरान । जति जति स्थानीय तहको निर्वाचनको मिति नजिकिएदै जाँदैछ त्यति दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । निर्वाचनलाई पूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्न र मत आफ्नो तर्फ पार्न उनीहरु अहिलेदेखि नै उत्साहित बनेका छन् । उनीहरुले स्थानीय तहको वैसाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् । संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोडमा भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूबीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विस्त
मोतिराज सुनुवार । धरानेहरुका लागि अपरिचित नाम भने होइन । ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवनमा प्रवेश गरेका ०२६ सालको वहुदलीय र निर्दलीय को सवालमा भएको जनमत संग्रहमा वहुदलको पक्षमा जानी नजानी लागेका उनी विस्तारै राजनीतिमा सक्रिय बन्दै गए । वहुदलीयको पक्षमा उभिनका लागि सक्रिय रहेका उनी राजनीतिमा सक्रिय भएको भने विद्यार्थी आन्दोलनबाट नै हो । अनेरास्व वियुको देशव्यापी आन्दोलन भएको बेला अर्थात ०३७ साल चैत्र १४ गते आम हड्तालको आवहान हुदा उनी पनि सक्रिय भएर लागे । आम हड्ताललाई सफल बनाउन एक हप्ता अगाडिदेख नै पर्चा बाड्ने, छड्को जुलुस गर्ने काममा सुनुवारको सक्रिय भूमिका रहयो ।२०३७
धरान । वैसाख ३० गते आसन्त स्थानीय तहको निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाका मेयर र उपमेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धरान उपमहानगर कार्यसमितिले सिफारिस गरेको छ । पार्टीको सोमबार बसेको बैठकले मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगर अध्यक्ष नवीन पराजुली, उपनिर्वाचनका मेयर प्रत्यासी रोशन दर्नाल, क्षेत्रीय अध्यक्ष जुद्द लोहनी, नेताहरू नरेश शाक्य र दोर्जे शेर्पालाई मेयर पदमा सिफारिस गरेको जनाइएको छ । निर्वाचनमा तालमेल नगर्ने घोषणा गरिसकेको पार्टीले उपमेयरतर्फ दिलकुमारी तामाङ र पुर्णीमाया राईको नाम सिफारिस भएको छ ।
धरान । स्थानीय तहको निर्वाचन नसकिदै जादा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा पूर्वी पहाडी जिल्ला धनकुटामा चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचनका बेला जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाउने जनाएको छ । धनकुटामा रहेका एक सय १८ मतदानस्थल मध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, निर्वाचनको समयमा द्वन्द्व हुने स्थान, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति सं
रंगेली । मोरङको पुरानो सदरमुकामको रुपमा रहेको रंगेली नगरपालिकमा मेयरमा नेकपा एमाले बाट सर्वसम्मत सहमति जुटेको छ । आगामी बैशाख ३० हुने स्थानीयतहको निर्वाचनका लागि मेयरमा नेकपा एमालेका तर्फबाट दिलिप बगडीया सर्वसम्मत रुपमा छनौट भएका हुन् । मेयरमा सर्वसम्मत भएपनि उपमेयरमा सर्वसम्मत हुन सकेन । एमाले नगर अध्यक्ष दल बहादुर वस्नेतका अनुसार उपमेरमा केशव कुमारी खराल, उषा झा, र भुमा पराजुलीको नाम सिफारीस गर्ने निर्णय भएको जानकारी दिए । बगडीया ०७४ सालका निर्वाचनबाट रंगेलीको मेयर निर्वाचित भएका उनलाई फेरी पनि प्रमुखमा दोहो¥याउने निर्णय पार्टीले गरेको हो । ७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी