स्थानीय तह निर्वाचन: राप्रपाबाट शाक्य र राई सर्वसम्मत

  • वैशाख ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि आंकाक्षीहरु धेरै भए पछि ठुला दलहरुलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहँदा गठबन्धन बाहेकका साना दलहरु भने सर्वसम्मत उम्मेदवार चयन गरेर चुनावी अभियानमा होमिन थालेका छन् ।

धरान उपमहानगरपालिकाको मेयर, उपमेयरका लागि साना दलहरुले उम्मेदवार सार्वजनिक गर्न थालेको हो । ठुला दलहरुबाट उम्मेदवारका आकांक्षी धेरै भए पछि उनीहरुलाई सकस परेको छ । साना दलमा पनि आकांक्षी धेरै देखिए पनि उम्मेदवार सर्वसम्मत गर्न चयन गरेका छन् ।

यस बिच राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीको अध्यक्षतमा मंगलबार बसेको बैठकले मेयरमा शाक्य र उपमेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयर पदमा अध्यक्ष पराजुलीसहित सुनसरी क्षेत्र नं १ (क)का अध्यक्ष जुद्ध लोहनी, २०७६ को उपनिर्वाचनका उम्मेदवार रोशन विश्वकर्मा दर्नाल, दोर्जे शेर्पा पनि आकांक्षी थिए । तर, बैठकले सर्वसम्मत रुपमा शाक्यलाई मेयर बनाउने निर्णय गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

यस्तै, उपमेयरमा भने पुर्णिमाया राई पनि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको पराजुलीले जानकारी दिए । उनका अनुसार उपमेयरको लागि अन्य आकांक्षीहरु थिएनन् । राप्रपाले धरानको वडा नं ४, ५, ६, ८, १३, १९, ३, १५ लगायत वडाहरुमा पनि उम्मेद्वार चयन गरिसकेको नगर अध्यक्ष पराजुलीले जानकारी दिए । आजको दिनसम्म केन्द्रबाट अन्य पार्टीसँग तालमेल गर्ने कुनै सर्कुलर नआएकोले राप्रपा एक्लै चुनाव लड्ने उनको भनाई छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved