धरान/ नेकपा एमालेले धरान वडा नं. ८मा ५ सय ५१ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार धरान ८ मा रहेको पार्टीको वडा कार्यालयमा एक कार्यक्रमको आयोजन गरि निर्वाचन परिचलन कमिटी सहित अन्य समिति गठन गरेको हो ।
प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार म्यानाङ्वोले वडा इञ्चार्ज समेत रहेका लक्षमण दासको नेतृत्वमा ५ सय ५१ सदस्यि निर्वाचन परिचालन कमिटी घोषण गरेका हुन् ।
बैठकले प्रचार प्रसार समितिको संयोजकमा सुमन भुजेल, स्वयम सेवक परिचालन कमिटीमा धन बहादुर राई, यतायात व्यवस्थापनमा देवी पोखरेल र खाद्यन्न व्यवस्थापनमा विश्वराम कार्कीको संयोजकत्वमा कमिटी गठन गरेको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै एमालेले निर्वाचन लक्षित गतिविधिहरु बढाउनका लागी संगठन विस्तारमा तिब्रता दिएको हो ।
बैठकको अध्यक्षता ८ नं वडा कमिटीका अध्यक्ष विश्वराम कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा नेकपा एमाले१ नं प्रदेश कमिटि सचिवालय सदस्य मानेज कुमार म्यानाङवो, अतिथिहरुमा जिल्ला कमिटी सदस्यता धरान नगर इञ्चार्ज नारयण सुवेदी, जिल्ला कमिटी सदस्यहरु सविता राई, सावित्रा परियार, जयन्त गौतम, रबिन अधिकारी नगर कमिटी अध्यक्ष हर्कजङ एभेङ, अपाध्यक्ष पारस काङवाङ लगायतको उपस्थिति रहेको थियो ।