सत्ता गठबन्धन: कांग्रेस कार्यकर्ताको विद्रोह

  • वैशाख ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय तहको निर्वाचनमा केन्द्रिय सर्कुलर अनुसार धरान उपमहानगर गठबन्धन अनुसार भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ ।

केन्द्रले महानगर र उपमहानगरहरुमा भागबण्डा बाँडफाड गर्न थाले देखिनै असन्तुष्ट पोख्न थालेका कार्यकर्ताले धरानमा आक्रोश पोखेका छन् । बुधबार धरानमा बसेको गठबन्धन इतरका दलहरुले वडाको भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताले नेताहरुले सल्लाह नै नगरी वडा बाँडेको आरोप लगाउँदै आएका छन् । यसै बिच गठबन्धनले वडा विभाजन र दलहरुलाई विभाजन गरिएको वडाको बारेमा जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा कांग्रेसी नेता कार्यकर्ताले असन्तुष्टि पोख्दै चर्को विरोध गरेका छन् ।

असन्तुष्ट कांग्रेसी कार्यकर्ताहरुले नेतृत्वले तल्लो स्तरको कार्यकर्तासंग छलफल नै नगरी एकतर्फी निर्णय गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले कांग्रेसले स्वतः जित्ने वडाहरुमा पनि अन्य दललाई उठाइएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

संस्थापन पक्षका नेता अजय राईले पार्टीको आन्तरिक राजनीतिको प्रतिशोध निर्वाचनमा लिन खोजिएको आरोप लगाए । ‘१४ औं महाधिवेशनको धङधङी देखाएर हामी बलियो भएका वडाहरुमात्रै माओवादी र समाजवादीलाई दिने काम भएको छ । हाम्रो समूहको अस्तित्व नै सिध्याउने गरी भएको निर्णय हामीलाई मान्य छैन’, राईले भने ।

धरान १७ का कांगे्रस नेता नारद राईले कांग्रेसले गठबन्धन नगरी पनि स्वतः जित्ने वडाहरुमा अन्य पार्टीलाई दिएकोमा रुष्ट व्यक्त गरे । नाराबाजी गर्दै विरोधमा उत्रेका उनले भने, ‘धरान १७ मा ०७४ सालको निर्वाचनमा म प्रत्यासी हुदा माओवादीबाट झिनो मतले सूर्यकुमार भट्टराई विजयी बनेका थिए, अहिले फेरि १७ माओवादीकै भागमा परेको छ, जित सुनिश्चित हुने समयमा किन अरुलाई दिने ? भन्दै प्रश्न गरे ।

यस्तै धरान १ का वडाध्यक्ष रोशन अधिकारीले गठबन्धन बनाएर चुनावमा जानु राम्रो पक्ष भएपनि कांग्रेसले जित्ने वडामा कांग्रेसलाई नै दिनुपर्ने बताए । उनले भने, ‘अहिले कांग्रेसको क्रियाशील सदस्य बढेका छन्, विगतको भन्दा कांग्रेसको अवस्था धरानमा राम्रो छ, कांग्रेसले जित्ने ठाउमा कांग्रेसलाई नै दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

कांग्रेस वलियो हुँदाहुँदै पनि वडा नं १७, १५, १९, १०, ३ लगायत वडाहरु गठबन्धनको नाममा अन्य पार्टीलाई दिएको भन्दै विरोधमा उत्रिएका उनीहरुलाई केही समय कार्यक्रम विथोलिएको थियो ।

यसरी गठबन्धनभित्रको सबैभन्दा ठूलो दलले गरेको भागबण्डा विरुद्ध उत्रिएपछि निर्वाचनमा धोका हुने आशंका बढ्दै गएको छ । कांग्रेसले भने विरोध भए पनि कुनै पनि नेता कार्यकर्ताले गठबन्धन प्रति धोका नदिने दाबी गरेको छ । नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले हरेक दलभित्र केही असन्तुष्टि हुने गरे पनि निर्वाचनका बेलामा सबै एक भएर लाग्ने बताए । उनले भने, ‘एउटै परिवारमा कसैको सहमति, कसैको विमति भइ नै हाल्छ, तर निर्वाचनका समयमा सबै इमान्दारपूर्वक लाग्नुहुन्छ, यस पटकको निर्वाचनमा गठबन्धन बलियो हुन्छ, निर्वाचन हामी जित्छौं ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved