‘सर्वसम्मत उम्मेदवार बनाउनुस्’

  • वैशाख ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छान्न नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार नेकपा एमाले धरानका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्ति नभई पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्ने बताए । धरान उपमहानगरपालिकामा मेयर पदका लागि ११ जना आकांक्षीको नाम सिफारिस भएको छ । उनले भने, ‘कार्यकर्ताको भावना अनुसार आफुले स्वमुल्यांकन गरेर मेरै नाममा सहमती हुन्छ भन्दा पनि को उठ्दा जितिन्छ भनेर अभियानमा लाग्नुपर्छ ।’ उपनिर्वाचनमा हारेकाले विरोधीहरु उत्साहित भएकाले उनीहरुको उक्साहटमा नलाग्न आग्रह गरे । उनले भने, ‘सहज रुपमा सहमती गर्ने वातावरण मिलाएर पार्टीलाई जिताउने अभियानमा लाग्नुस, स्वमुल्यांकन गरेर एक जनाको मात्रै नाम पठाउने वातावरण बनाउनुस ।’

आकांक्षीहरु धेरै देखिए पछि विरोधीहरु उत्साहित भएको उनको भनाई छ । संयम भएर पार्टी जिताउन लाग्न उनले आग्रह गरेका छन् । विधि प्रक्रिया अनुसार नाम पठाए माथिबाट कसैले पनि हस्तक्षेप नगर्ने उनले बताए । उनले भने, आफुले नाम सिफारिसबाट फिर्ता लिएर जित्ने मान्छेलाई उम्मेदवार बनाएर जसलाई पठाउनु हुन्छ उसैले टिकट लिएर आउँछ ।’

देशी विदेशी प्रतिक्रियावादीहरु मिलेर एमालेलाई हराउन होईन ताछेर कति सानो बनाउने काममा लागेको उनको भनाई छ । उनले भने, ‘जसरी भए पनि एमालेलाई सानो बनाउन खोजिरहेको छ , सबैले आक्रमण गरेर घरझगडा गराउने खेलमा लागेका छन् ।’

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved