इलाम / इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए । सदरमुकाम स्थित
विराटनगर । विराटनगरमा सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मापदण्ड कार्यान्वयनको कडा अनुगमन गरिने भएको छ ।महानगरपालिकामा आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य सचेतना र सामाजिक दूरीमा भईरहेको हेलचेक्र्याईंलाई कडाइसाथ लागू गराउने निर्णय गरेको हो । मेयर भीम पराजुलीका अनुसार कार्यालयमा हुने भींडले संक्रमणको दर उच्च बढ्न सक्ने भएकोले केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । तत्कालका लागि घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण र कार्ड नविकरण जस्ता काम स्थगन गरिने भएको छ । महानगरका प्रमुख भीम पराजुलीले भने,&ld
विराटनगर–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १माआज १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमाउपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएकाहुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।
काठमाडौ / आज थप १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ । नेपालमा हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान / संखुवासभा को सिलिचोङ गाउपालिकामा गएको पहिरोले बगाउदा बिस्थापित बनेका परिवारलाइ प्रदेश १ इसाइ समाजको पहलमा संकलन भएको राहत सामग्री प्रदान गरिएको छ । गत असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा १२ घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन भने एकजना को मृत्यु भएको थियो भने ८६ घर परिवार बिस्तापित भएका थिए । बिस्थापित परिवार लाई प्रदेश न.१ इसाई समाजको आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोग राहत बितरण गरिएको हो । सङ्खुवासभा जिल्ला इसाई समाज संयोजनमा गत बिहीवार ३ लाख रुपैया बराबरको राहत बितरण गरिएको छ । राहतमा प्रती परिवार २५ केजि चामल, फाइवर ब
धरान । दक्षिण एशियाकै उत्कृष्ट मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको घटनाहरु नयाँ होइनन् । पटक पटक लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लागे पनि त्यसलाई सच्याउन प्रतिष्ठानको कुनै पहल देखिन्दैन् । बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाई रहँदा पनि न त चिकित्सकहरुनै यस विषयमा गम्भीर बनेका छन् न त प्रतिष्ठानले कुनै सुधारका योजनाहरु अघि सारेका छन् । प्रतिष्ठानको चिकित्साकीय सेवा देशकै उत्कृष्ठ मानिन्छ । यहाँको चिकित्सकहरु दक्षिण एशियामै कहलिएका छन् तर पनि बिरामीले समयमै उपचार नपाउँदा तथा बिरामीको उपचार प्
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतीको कार्यकक्षबाट विपी कोइरालाको फोटो हटाएको विषयमा विभिन्न सामाजिक सञ्जाल र केहि अनलाईन न्युजपोर्टलहरुले समाचार प्रकाशन गरे । सामाजिक सञ्जाल फेसबुक र केही अनलाईन पोर्टलको समाचारलाई आधार मानेर धेरै ब्यक्तिहरुले त्यसको विरोधपनि गरे । नेपाली कांग्रेशका प्रदेशसभाका सचेतक केदार कार्किले समेत फेसबुकमा आपत्ती जनाउदै स्टाटस लेख्न भ्याए । तर उपकुलपतीको कार्यकक्षबाट फोटो हटाइएको हो की हैन भन्ने विषयमा बास्तविकता बुझ्ने तर्फ ध्यान कसैको पुगेको देखिएन । बास्तविकता बुझ्न कोशीपत्र दैनिकका प्रतिनिधि आइतबार विहानै प्रतिष्ठानका उपकुलपतीको का
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बता
इटहरी । मोरङको सुन्दरहरैचा स्थित प्रगति महिला समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको र अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो । आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो । वडा नम्बर ४ कार्यालय परिषरमा आयोजना गरिए
इटहरी । इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक रात बिताएका २५ वर्षिय युवकमा कोरोना पुस्टी भएसंगै इटहरीमा पुन कोरोना सन्त्रास छाएको छ । राजस्व अनुशन्धान बिभाग इटहरीले राजस्व चुहावटको मुद्धामा पक्राउ गरी इटहरी प्रहरीमा बुझाएको २५ वर्षीय युवकमा कोरोना पुस्टी भएसंगै प्रहरी कार्यालय इटहरीमा उच्च सतर्कता अपनाइनुका साथै ८ जना थुनुवा सहित ५ जना प्रहरीको पिसिआर जाच गरिएको छ । विराटनगर घर भएका ती संक्रमित ब्याक्तिको गत साउन ६ गते स्वाव परिक्षण गदा कोरोना पोजेटिभ देखिएको थीयो । प्रहरीले संक्रमणबाट जोगिन आफ्नै तवरबाट सामाजिक दुरी कायम गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेपनि इटहरी क्षेत्रमा भने कु