संसद बैठक पछि नयाँ सरकार बन्छ : भट्टराई

  • फागुन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल कम्युनिस्ट पार्टी नेकपा माधब प्रचण्ड समुहका स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् ।

प्रेस संगठन नेपाल, प्रदेश १ को शनिबार सुनसरीको ईटहरीमा सम्पन्न दोस्रो भेलाको उद्घाटनको क्रममा नेता भट्टराईले यस्तो बताएका हुन । भटटराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गरे ।

पूर्व सञ्चार तथा पर्यटनमन्त्री समेत रहेका भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने पनि बताएका थिए । भटटराईले पत्रकारले स्वच्छ रुपमा सबैको आलोचना गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।

प्रेस संगठन नेकपाको भातृसंगठन भएकाले नेकपाको कार्यदिशा जनताको जनवाद भएको र त्यसलाई कार्यान्वयन गर्न कलम चलाउनुपर्नेमा पनि भट्टराईले जोड दिए ।

उनले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक संविधानको रक्षा भएको बताए । उनले. भने ‘सर्वोच्चले गरेको निर्णयले जनताको बलिदानीबाट पा्रप्त लोकन्त्र र संविधानको रक्षा भएको छ, यसलाई यसलाई जिवित राख्न सञ्चारकर्मी जहिल्यै जागरुक हुनुपर्छ । ’

ईटहरी हटियालाईन स्थित नेकपाको पार्टी कार्यालयमा भएको भेलामा प्रेस संगठनका सह इन्चार्ज तथा संयोजक महेश्वर दाहाल, सह इन्चार्ज ओम शर्मा, विष्णु रिजाल, सह संयोजकहरु विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई, पूर्व–अध्यक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन विष्ट लगायतले बालेका थिए ।

सो भेलामा प्रदेश इन्चार्ज राजन केडी र संयोजक देवेन्द्र कार्कीको नेतृत्वमा पुराना ९९ र नया ५० गरी १ सय ५० सदस्यीय प्रदेश समिति समेत गठन गरिएको छ । नव गठित समितिलाई स्थायी कमिटी सदस्य तथा संचार बिभाग प्रमुख योगेश भट्टराइको उपस्थितिमा सपथ खुवाइएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved