धरानमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु

  • फागुन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमै पहिलो पटक विद्यालय स्तरमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु भएको छ ।

साहारा थ्रिएटरको अयोजनामा धरानमा मंगलबारबाट १५ दिने प्रशिक्षण कार्यक्रम सुरुभएको हो । प्रशिक्षण कार्यक्रममा के के इन्ट्रनेश्नल , शिक्षा सदन , भानु स्मृती,शहिद स्मृती लगायत धरानका ९ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्मका ४८ जना विद्यार्थीहरु सहभागि भएको थ्रिएटरका अध्यक्ष नविन म्यानाङवोले बताए ।

सुस्ताउदै गएको धरानको रंगकर्मलाई चलायमान बनाउन र पछिल्लो समय लकडाउनका कारण वालवालिकामा परेको मानसिक असरका कारण आत्महत्यामा जस्ता जघन्य अपराधहरु समेत बढ्दै गएकाले यस्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए ।
उनले भने,‘ लकडाउनका कारण वावालिकाहरु डिप्रेशनमा जाने र आत्महत्या गर्ने गरेको पाइएको थियो,उनिहरुलाई व्यस्त राख्न उनिहरुको मानिसक तनावलाई कम गर्न पनि यस्ता खालको कार्यक्रमको आबश्यकता छ । ’

आगामि वर्षहरुमा पनि यस्ता खालका स्कुल थ्रिएटर प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी समेत दिएका थिए ।

५२ सालमा स्थापना भएको साहरा थ्रिएटरको आगामि चैत २१ गते २५ औं वार्षिकोत्सवको अवसरमा नाटक,कलकार रत्तदान कार्यक्रमको समेत अयोजना गरिने भएको छ ।

१५ दिने प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रुपमा सोनि जयन्ती रहेका छन् भने साहायक प्रशिक्षकको रुपमा भिम पाण्डे रहेका छन्।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved