अदुवाको मूल्य अहिलेसम्मकै न्यून : भारत निकासी हुन सकेन

  • फागुन १४, २०७७
  • "गोबिन्द बस्नेत"
alt

धरान/ भारतले अदुवा आयात खुल्ला गरे पनि नेपालमा उत्पादन भएका अदुवा भारत निर्यात हुन सकेको छैन ।

विगतमा जस्तो भारतले आयातमा प्रतिबन्ध लगाएर नभई अदुवाको भाउ ह्वात्तै घटेका कारण कारोबार ठप्प हुँदा भारत निर्यात हुन नसकेको हो । धरानको कृषि उपज बजारका अनुसार विगत वर्षहरूको तुलनामा कृषि बजारमा पूर्वी पहाडी क्षेत्रबाट अदुवा कम भित्रिएको छ । आव ०७६÷०७७ मा प्रतिकेजी १ सय २० रूपैयाँ पर्ने अदुवा आव ०७७÷०७८ मा घटेर प्रतिकेजी २८ रूपैयाँमा झरेपछि कृषकहरूले उत्पादन गरेको अदुवा बजारमा आउन कम भएको कृषि उपज बजारले जनाएको छ ।

भारतले आफैँ अदुवा उत्पादन गरेर नेपालको अदुवा खरिद नगर्दा अदुवा भारततर्फ निर्यात हुन नसकेको व्यापारीहरू बताउँछन् । कृषि बजारका व्यापारी विनोद कुलुङले कृषि उत्पादन गत वर्षको जस्तै मूल्यमा बेच्न चाहन्छन् भने व्यापारीहरू त्यो मूल्यमा किन्न नसकिने बताउँछन् । उनले भने, ‘गत वर्षको यही सिजनमा अदुवा प्रतिकेजी १ सय २० रूपैयाँ थियो, यो वर्ष घटेर प्रतिकेजी २८ रूपैयाँ पुगेको छ ।’

अर्का अदुवा व्यापारी ज्ञानु बस्नेतले समेत कृषि बजारमा अदुवा नआएको र भारतमा अदुवा निर्यात हुन नसकेकाले अदुवा व्यापार ठप्प भएको बताए । ‘कृषकहरू उच्च मूल्य चाहन्छन्, व्यवसायी मूल्य दिन सक्दैन’, उनले भने, ‘खरिद गरे पनि भारतले कृषकबाट खरिद गरेको भाउभन्दा कम मूल्यमा दिनुपर्ने हुन्छ ।’

बजारका अनुसार तीन वर्षको तथ्याङ्कलाई हेर्दा यो वर्ष सबैभन्दा कम मूल्य र सबैभन्दा कम कारोबार भएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार आव ०७५÷०७६ मा मूल्य ८० रूपैयाँ हुँदा ८ हजार ५ सय ४२ मेट्रिक टन अदुवा कृषि बजारबाट कारोबार भएको थियो । यस्तै आव ०७६÷०७७ मूल्य बढेर प्रतिकेजी १ सय २० पुग्दा कारोबार बढेर १० हजार ५ सय ८९ मेट्रिक टन अदुवा काराबार भएको थियो ।

उनले आव ०७७÷०७८ मा वर्ष ११ हजार मेट्रिक टन अदुवा कृषि बजारबाट मात्र कारोबार हुने अनुमान गरे पनि अदुवाको मूल्यमा गिरावट आएपछि बजारले हालसम्म ५ हजार ४ सय ३० मेट्रिक टन अदुवाको काराबोर भएको बताए । बजारमा सुनसरीका केही क्षेत्र, मोरङ, उदयपुरका उत्तरी क्षेत्र, कोशी पहाडी जिल्लाका खोटाङ, पाँचथर, तेह्रथुमका साथै सिन्धुलीबाट कृषि बजारमा अदुवा आउने गरेको छ । यस्तै कृषि बजारबाट नेपालका विभिन्न स्थान र भारतसम्म निर्यात हुने कृषि बजारले जनाएको छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved