विराटनगर/ मोरङ बडी बिल्डिङ तथा फिटनेस सङ्घले कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ ।
सङ्घले शनिबार आफ्ना पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।
उनीहरूलाई सङ्घका प्रदेश १ संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्वसदस्य सुधिर अर्याललयायतले प्रमाणपत्र वितरण गरे ।
केही समयअघि डा राजन दत्तको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विराध चयन भएको थियो ।
समितिका प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्ष सरोज घिमिरे, तेस्रो उपाध्यक्ष डा मनोज गुप्ता, सचिव सन्तोष न्यौपाने, सहसचिव विपिन पासवान र कोषाध्यक्ष रविन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी कमल राई, डा विनोद श्रेष्ठ, शिखा श्रेष्ठ र आस्था हमाल सदस्य छन् ।