विराटनगर/ वर्षौंदेखि बसेको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका–३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ ।
विराटनगर–३ को गोग्राहा चोक (कन्या मार्ग) मा बसोवास गर्ने कालीचरण राजवंशीले सँधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग मिलेर हटाउने प्रयास थालेको बताए ।
पत्रकार महासङ्घ मोरङको सभाहलमा बुधबार परिवारका सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित कालीचरणले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेपछि महानगरको न्यायिक समितिले समेत हट्न दवाब दिन थालेको सुनाए ।
७२ वर्षीय बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी सो घरमा बस्ने गरेको र गरिखाने मेलोसमेत राम्रो नभएकोले घर छाड्न परे कन्तबिजोग हुने उनले बताए । ‘जनबनी गरेर परिवार चल्ने गरेको छ’, उनले भने, ‘एक छोरा अङ्कितसमेत नाबालक रहेकोले हामीलाई हटाउनुभयो भने त कठिन हुन्छ ।’
उनको परिवार ऐलानी जग्गामा सानो टहरो बनाएर बसेको छ । कालीचरणले अहिले सरकारले नै भूमिहीन सुकुम्बासीको व्यवस्थापन गर्ने घोषणा गरेको बेला आपूmहरूलाई भने अन्याय गरिएको बताए ।