तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छानिए

  • फागुन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ राष्ट्रिय तेक्वान्दो सङ्घको सुनसरी जिल्ला समितिको आयोजनामा यही फागुन २८ र २९ गते सञ्चालन हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश १ का खेलाडी छनोट सम्पन्न भएको छ ।

इटहरीको कबिर माविमा शनिबार भएको छनोट प्रतियोगितामा प्रदेशभरका दुई सयभन्दा बढी प्रतियोगी सहभागी थिए । तीमध्ये फाइटतर्पm १२ र पुम्सेतर्फ ६ जना गरी १८ खेलाडी छनोट भएका छन् ।

प्रतियोगितामा सातै प्रदेशबाट एक–एक तथा नेपाल स्कुल स्पोर्टस् फेडेरसन र आयोजकका एक–एक गरी ९ टिम सहभागी हुने राष्ट्रिय तेक्वान्दो सङ्घका प्रदेश १ सचिव सूर्य दङ्गालले बताए ।

प्रदेश १ बाट महिला जुनियर ३० देखि ३५ केजी तौल समूहबाट पथरीकी अनिसा राई र कबिर माविकी पवित्रा श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । ३५ देखि ४० केजी तौल समूहमा क्रिम्सन डोजाङ सुनसरीकी दीपा राई र ब्राइट प्mयुचर मावि सुन्दरहरैँचा ऋषिका भुजेलले भाग लिने भएका छन् ।

४० देखि ४५ केजी तौल समूहमा मोरङको बालसदन एकेडेमीकी जेसिका खनाल र झापाको न्यू पाथीभरा डोजाङकी कुसुम लिम्बूले खेल्ने भएका छन् । त्यस्तै, पुरुष जुनियरअन्तर्गत ३५ देखि ४० केजी तौल समूहबाट लक्ष्मीमार्ग डोजाङका मनोज बस्नेत र ब्राइट प्mयुचर डोजाङका लेनिस श्रेष्ठ भिड्ने भएका छन् ।

४० देखि ४५ केजी तौल समूहबाट धनकुटाको लाइटिङ स्कुलका चेतनाथ पन्त र मोरङको लेटाङ डोजाङका निरज राई सहभागी हुने भएका छन् । ४५ देखि ५० केजी तौल समूहबाट सुनसरीको पशुपति डोजाङका प्रसन्न तिम्सिना र मोरङको ब्राइट प्mयुचर सेकेन्डरीका निरज राई सहभागी हुने भएका छन् ।

महिला सिनियरअन्तर्गत ४७ केजी तौलभन्दा तलको समूहबाट मोरङको लक्ष्मीमार्ग डोजाङकी सबिता तामाङ र सुनसरीको पकली माविकी रेजिना चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् । ४७ देखि ५१ केजी तौल समूहमा पाँचथरको देउराली डोजाङकी एलिना धमला र सुनसरीको क्रिम्सन डोजाङकी मल्सिका लावती सहभागी हुने भएका छन् । यस्तै, ५१ देखि ५५ केजी तौल समूहमा सुनसरीको क्रिमसन डोजाङकी रक्षा मगर र विराटनगरकी नमिरा शेखले खेल्ने भएका छन् ।

त्यस्तै, सिनियर पुरुषतर्फ ५४ केजीभन्दा कम तौल समूहबाट लाइटिङ स्कुल मोरङका सरज राई र ज्योति मावि सुनसरीका आकाश चौधरी भिड्ने भएका छन् । ५८ देखि ६३ केजी तौल समूहबाट डोजाङ मोरङका बुद्धि तामाङ र ज्योति मावि सुनसरीका आर्यन माझीले भाग लिने भएका छन् ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved