इलाम / चियाको हरियो पत्ति टिप्ने काम यति वेला खासै हुँदैन । चैत्र वैशाखमा फस्ट फल्सबाट चिया टिपाई सुरु गरेर कात्तिकमा अन्तिम टिप्ने गरिन्छ । यस बेला धेरै जसो ठाउँमा चियाको कटिङ हुने गरेता पनि इलामको चिलिमकोट चिया बगानमा भने चिया टिपाई भइरहेको छ । हिउँदको समय सुख्खा लाग्ने र धेरै चीसोको कारण चिया उत्पादन हुने नहुने हुँदा यो समयलाई चियाको अफ सिजिन मानिन्छ । चियाको अफ सिजनमा पनि शोक्तिम र चिलिम कोट चिया बगानमा भने हरियो पत्तिको टिपाई भइरहेको छ । सुवास संघाईले ५० वर्षका लागि लिजमा लिएका इलामका चार वटा चिया बगान मध्ये दुई वटा चिया बगानमा यति बेला पनि हरियो पत्ति उत्पादन भइरहेको हो भने इलाम र कन्या
मोरङ / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले
विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक
मोरङ / एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीेको उपस्थितिमा भएको थियोे । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिएका थिए । सो अवसरमा उनले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एवम् प्रविधिमैत्री बनाउदै क
मोरङ / प्रदेश १ प्रदेश सरकारले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकको निर्णयले ग्रामणि सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी तेरिज पनि प्रदेश सरकारले स्वीकृत गरेको छ ।विराटनगरस्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले प्रादेशिक आयुर्वेद अस्पतालको विषयमा निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।य
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिक
मोरङ / दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरू गरिएको जानकारी गराएको छ । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । टुनामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताको विजेताले २
धरान/ राज्यले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधका विषयमा संविधानमै उल्लेख छ । संविधानमा उल्लेख गरिएका कतिपय सेवा सुविधा पनि पाउन सकेका छैनन् । धरान ६ पानबारीका सक्रिय समाजेवीहरुले ज्येष्ठ नागरिकको सेवा सुविधासँगै उनीहरु कसैबाट अपहेलित हुनु नपरोस भनेर ८ बर्ष अगाडि एक संस्था गठन गरे । ०७१ साल साउन २८ गते ज्येष्ठ नागरिकको सहजताका लागि दर्ता भएको यो संस्थाले ज्येष्ठ नागरिकका लागि बस्ने एउटा घर बनाइदिएको छ भने समय समयमा तीर्थ घुमाउन समेत लाने गरेको छ । उनीहरुलाई पानबारी स्थायी घर भएका विदेशमा रहेका सर्वसाधारणले सहयोग पठाउने गरेका छन्, महायज्ञको आयोजना गरेर खर्च जुटाउने गरेका छन् । धरान ६ पानबारीम
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो । हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए । रोदन रा
सुनसरी / काठमाण्डौबाहिर पहिलो पटक सुनसरीको इटहरीमा ट्राफिक लाइट जडान गरियो । तर चौकका चारैवटै बिन्दुमा जेब्रा क्रसिङ नहुँदा आवातजावतमै समस्या हुने गरेको छ । जसका कारण मुख्य चौक क्षेत्र भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरुको चापलाई व्यवस्थापन गर्न जडान गरिएको ट्राफिक लाइटको संकेत अनुसार सवारी साधन नरोकिँदा यसले दुर्घटनाको जोखिम निम्त्याइरहेको छ ।चौरास्तामा पर्ने इटहरी चौकमा ट्राफिक लाइट जडान त गरिएको छ, तर ट्राफिक लाइटको संकेत अनुसार न त सवारी साधन रोकिन्छन्, न त यात्रुहरु नै निश्चित ठाउँबाट बाटो काट्छन् । कारण हो इटहरी मुख्य चौकको चारैतर्फ जेब्रा क्रसिङ नहुनु । पूर्व पश्चिम राजमार्ग र कोश