राष्ट्रपतिद्वारा विराट एक्स्पोको उद्घाटन " ‘औद्योगिक समस्या समाधान सरकारले गर्नुपर्छ’"

  • पुस १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले विराटनगर भारत र चीनसँग सोझै जोड्ने छ । उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे ।

प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गरे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागी रहेको उनको भनाई छ ।

उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।
कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म सञ्चालन हुने एक्स्पोमा ३६१ स्टल रहेका छन् ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved