ज्येष्ठ नागरिकको आफ्नै भवन : अक्षय कोष निर्माण गर्न महायज्ञ

  • मंसिर २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ राज्यले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधका विषयमा संविधानमै उल्लेख छ । संविधानमा उल्लेख गरिएका कतिपय सेवा सुविधा पनि पाउन सकेका छैनन् ।
धरान ६ पानबारीका सक्रिय समाजेवीहरुले ज्येष्ठ नागरिकको सेवा सुविधासँगै उनीहरु कसैबाट अपहेलित हुनु नपरोस भनेर ८ बर्ष अगाडि एक संस्था गठन गरे ।

०७१ साल साउन २८ गते ज्येष्ठ नागरिकको सहजताका लागि दर्ता भएको यो संस्थाले ज्येष्ठ नागरिकका लागि बस्ने एउटा घर बनाइदिएको छ भने समय समयमा तीर्थ घुमाउन समेत लाने गरेको छ । उनीहरुलाई पानबारी स्थायी घर भएका विदेशमा रहेका सर्वसाधारणले सहयोग पठाउने गरेका छन्, महायज्ञको आयोजना गरेर खर्च जुटाउने गरेका छन् ।

धरान ६ पानबारीमा ज्येष्ठ नागरिकलाई लक्षित गरी इन्द्रप्रष्ठ ज्येष्ठ नागरिक समाज गठन गरिएको छ । यसको प्रमुख उद्देश्य समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हो । पानबारीका स्थानीय बासिन्दा अहिले अमेरिकामा रहँदै आउनु भएका राधाकृष्ण धमलाको अवधारणा अनुरुप यो संस्था दर्ता भएको हो ।

दर्तासँगै यो संस्थाको आफ्नै भवन छ, त्यहाँ ज्येष्ठ नागरिकहरु आउने, भेला हुने, सुखदुखका कुरा गर्ने, भजन किर्तन गर्ने, लोप हुँदै गएको वालन, संगीनी लगायतका गीतहरु प्रदर्शन गर्ने गर्छन् । यसका अलवा उनीहरु समय समयमा नेपाल लगायत भारतमा रहेका विभिन्न तीर्थस्थलमा घुम्न जाने पनि गरेका छन् ।

यसका लागि स्थानीयहरुले भरपुर सहयोग गर्ने गरेका छन् । अहिले यो संस्थामा दिव्यास्वरा गौतम अध्यक्ष हुनुहुन्छ, उहाँलाई स्थानीयले समेत सहयोग गर्ने गरेका छन् । पछिल्लो समय यो संस्थाले महायज्ञको आयोजना गरेर ज्येष्ठ नागरिक लक्षित कार्यक्रम गर्न रकम जुटाएका छन् ।

महायज्ञको संयोजक स्थानीय बासुदेव गौतमले गर्नुभएको थियो । यो संस्थालाई आत्मनिर्भर बनाउदै ज्येष्ठ नागरिकको आवश्यकता परिपूर्ति गर्न पुराणको आयोजना गरिएको संयोजक गौतमले बताए । पाँच पटक ज्येष्ठ नागरिकहरुलाई ६०÷६० जनको टोली बनाएर छिमेकी देश भारतका विभिन्न तीर्थस्थल र नेपालका अधिकांश तीर्थ स्थलहरुमा घुम्न लगिएको संयोजक गौतम बताउँछन् ।

उनले पूर्व सांसद जयकुमार राईको सांसद कोष र धरान उपमहानगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताउदै भवन निर्माण पूरा नभइसकेकोकोल अर्थ मन्त्रालयलाई रकम माग गरिएको बताए । पछिल्लो पटक आयोजना गरिएको महायज्ञबाट २२ लाख ४४ हजार ३ सय ३५ रुपैया संकलन भएको बताउदै उठेको रकमले अक्षयकोष निर्माण गरिने जानकारी दिए ।

भविष्यमा ज्येष्ठ नागरिकको संरक्षणसँगै लोप हुँदै गएको कला सँस्कृतिलाई जगर्ने गर्ने किसिकमा कार्यक्रम अगाडि ल्याउने उनको भनाई छ । चाँडै नै पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा सिकाउने, भजन किर्तन गराउने, भजन गाउँदा प्रयोग हुने बाजागाजाको तालिम दिने लगायतका कार्यक्रमलाई अगाडि बढाइएको उनको भनाई छ ।
ज्येष्ठ नागरिकको सहयोगको लागि सरकारको मुख नताकि स्थानीयहरु लागि परेका छन् ।

उनीहरुलाई मनोरञ्जन प्रदान गर्ने, उनीहरुमा भएका ज्ञान युुवा पुस्ताले सिक्ने र लोप हुँदै गएका सांस्कृतिक परम्परालाई जगर्ने गर्ने जुन उद्देश्य बोकेर यो संस्था सञ्चालन भएको छ यसको सबैले प्रशंसा गरेका छन् । केही गर्न राज्यको मुख ताक्नु पर्र्दैन भन्ने सन्देश पानबारीका सर्वसाधारणले प्रवाह गरेका छन् ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved